रुसको ओम्स्क शहरमा बस्ने एलेक्सी बायकोब नामका युवकले आफ्नी प्रेमिकाले आफुलाई कति मायाँ गर्छिन् ? भन्ने कुरा थाहा पाउन आफ्नै ज्यान जोखिममा पारे । यदि धेरै माया गर्ने थाहा पाएमा बिहेको प्रस्ताव गर्ने निधो गर्दै उनले कार दुर्घटनामा परी मरेर मायालुको मनमा रहेको मायाँ जाच्ने कोसिस गरे र त्यसमा सफल पनि भए ।

३० वर्षीय बायकोबले यसका लागि एक फिल्म शुटिङ युनिटलाई भाडामा लिए । जसमा निर्देशक, स्टन्टमेन अर्थात् खतरनाक दृश्य गर्ने व्यक्ति तथा मेकअप आर्टिस्ट र स्त्रिmप्ट राइटर लगायतका थिए । उनलाई एक कार दुर्घटनाको दृश्य तयार गर्नुथियो, जुन दुर्घटनामा परी बायकोवको मृत्यु हुन्थ्यो ।
फिल्म युनिटले बायकोबको योजना मुताविक वास्तविक तरिकाबाट यस्तो दृश्य तयार पारे ता की बायकोबकी प्रेमिकालाई यो सबै बनाबटी र नियोजित हो भन्ने कुराको रत्तिभर पनि सुइँको नहोस् ।
योजना मुताविक दुइ कार एक आपसमा ठोक्किए । चारै तर्फ धुवाँको मुस्लो निस्कियो र दुर्घटनामा गम्भीर घाइते भएका बायकोबको मृत्यु भयो ।
घटनामा आफ्ना प्रेमीको निधन भएको देखेर प्रेमिका रोइकराइ गर्न थालिन् । उनी निकै नै रुन थालेपछि दुर्घटनामा परेर मरेका भनिएका बायकोब जुरुक्क उठेर उनलाई अंकमाल गरे । आफु मरेको नाटक गर्दा प्रेमिकाको बिलौना सुनेपछि उनलाई पक्का भयो की प्रेमिकाले उनलाई साँच्चीकै माया गर्दिरहिछन् । त्यसपछि उनी ढुक्क भएर प्रेमिकालाई बिहेको प्रस्ताव गरे । भिडियो तल छ

