Friday, November 7, 2014

बाँदरको विवाहमा २ सय जन्ती

भारत बिहारको एक गाउँका स्थानीयहरुले एक जोडी बाँदरको विवाह धुमधामसँग गरेका छन् ।

बाँदरको विवाहमा करिब २०० गाउँले सहभागी भएका थिए ।


बाँदर पालेका मालिकले नै सो बिवाह आयोजना गरेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । ती मालिकले बाँदरलाई धर्मपुत्रजस्ते गरी पालेका थिए ।  सञ्चारमाध्यमका अनुसार रामु नाम गरेका १३ वर्षीय बाँदरलाई रादुलारी नाम गरेकी पाेथी बाँदरसँग बाजागाँजा सहित सनकै तामझामका साथ विवाह सम्पन्न गरिएको थियो । नवजोडीलाई आर्शिवाद दिनका लागि सयौँका संख्यामा मानिसहरुको उपस्थिति रहेको समेत बताइएको छ । ती बाँदरका मालिक उदेश महताले रामुलाइृ परिवारको जेठो सन्तानका रुपमा लिएको बताए ।

पेशाले मजदुरी गर्ने महताले सात वर्षअघि रामुलाइ बिहार लगेका थिए । त्यसपछि गाउँमै भएको एक महोत्सवमा रामदुलारीलाई किनेका थिए । बिस्तारै दुवे बाँदरले उक अर्कालाइृ मन पराउन थालेपछि उनिहरुको विवाह गरिदिएको महतो बताए । विवाह गराउनेमा हिन्दु पुजारी सुनिल शास्त्री रहेका थिए । शास्त्रीले महतोले बारम्बार बिवाहका लागि अनुरोध गरेपछि विवाह गरिदिएको बताए ।

विवाहमा रामुले सेतो टिसर्ट लगाएको थियो भने रामदुलारीले निलो स्कर्ट लगाएकी थिइन् ।
- See more at: http://nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस