Tuesday, November 25, 2014

मोदीले नेपाली सेनालाई आज हेलिकोप्टर हस्तान्तरण गर्ने

९ मंसिर, काठमाडौ ।
भारत सरकारले नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर प्रदान गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नेछन् । दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउन लागेको हो ।

कुल १४ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा समेत सहजै रूपमा उडान भर्न सक्ने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए ।

भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ । नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकअर्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस