Wednesday, November 19, 2014

तपाई लाइ थाहा छ ! लभ पर्ने समय केवल १२ मिनेट...

भनिन्छ फर्स्ट इम्प्रेशन इज द लास्ट इम्प्रेशन अर्थात शुरुमा जस्तो प्रभाव पर्छ जीवनभर त्यो प्रभावको असर रहिरहन्छ ।
यदि तपाइँ कसैसँग पहिलो पटक भेट गर्दै हुनुहुन्छ भने मनमा राख्नुस् यो भेट नै जीवनभर तपाइँप्रति अवधारणा बन्ने भेट हुनेछ ।


हालै गरिएको एक अध्यनले कसैप्रति सकारात्मक र नकारात्मक धारणा केवल १२ मिनेट भित्र निर्धारण हुने देखाएको छ।
एक बेलायती संस्थाले २ हजार मानिसमा गरिएको अध्यनका क्रममा यो तथ्य बाहिर आएको हो ।
शोधका अनुसार पहिलो पटक भेट्दा तपाइँले सोधेको प्रश्न, तपाइँको मुस्कान, आइ कन्ट्याक्ट अर्थात तपाइँको नजर र आवाज जस्ता कुराहरुले तपाइँप्रतिको धारणा तय  हुन्छ ।
अध्यनले शरीरबाट दुर्गन्ध अथवा श्वास गन्हाउने समस्या भएमा त्यसको प्रभाव जीवनभरलाई नराम्रो पर्ने पनि देखाएको छ ।
पहिलो भेटमा बोल्दा बोल्दै कसम खान थाल्नु भो भने पनि तपाइँप्रति नकारात्मक प्रभाव पर्ने अध्यनको निष्कर्ष छ । खासमा मन्छेको मूल्याङ्कन कुराकानी गर्ने शैलीबाट शुरु हुन्छ ।

यदि तपाइँ पहिलो पटक डेटिङ जाँदै हुनु हुन्छ भने सामाजिक सञ्जालमा आफ्ना गतिविधी पनि नियन्त्रण गर्नुस् किन भने तपाइँको सामाजिक सञ्जालको गतिविधी पनि निगरानी भैरहेको हुन्छ ।
सामाजिक सञ्जालमा तपाइँका गतिविधीबाट तपाइँको चरित्र र स्वभाव समेत बुझ्न खोज्छन् ।
पहिलो डेटमा मधुर बोली र मुस्कान हुनेहरुको सम्बन्ध निक्कै राम्रो हुने शोधको निष्कर्ष छ । edailynewsnepal.blogspot.co.il/भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस