Friday, November 28, 2014

१ मिनेटमै स्वस्थ्य रहन चाहनुहुन्छ ? यसो गर्नोस् !

स्वास्थ्य मानिसको धन हो । स्वस्थ्य रहन हरेक प्रयास गरिरहेका हुन्छन् । मानिसको दिमागमा सकारात्मक र नकारात्मक सोच आइरहेका छन् । सकारात्मक सोचले मानिसलाई स्वस्थ्य बनाउन सहयोग गर्दछ । जसमार्फत मानिसको जीवन सुखमय र स्वस्थ्य रहन्छ ।
स्वस्थ्य रहने केहि उपायहरु जसले १ मीनेटमा तपाईँको स्वास्थ्यमा सुधार ल्याउन सक्छ :
१ . आँखालाई आराम दिनोस् – अफिसमा काम गर्ने र विद्यार्थीले लगातार कम्प्युटरको स्क्रीनमा नहेर्नोस् । त्यहाँबाट निस्कने किरणले तनाव उत्पन्न हुनुका साथै आँखा दुख्ने र भिजीबिलिटी कम हुन्छ । आँखा विशेषज्ञका अनुसार २० मीनेटको फरकमा आँखालाई आराम दिन सुझाएका छन् ।
२. जुत्ता – चपल बाहिर फुकाल्नोस् – घरभित्र छिर्ने बेलामा जुत्ता – चप्पल बाहिरै फुकाल्ने गर्नोस् ।
३. हाँछ्यु गर्दा नाक छोप्ने.गर्नोस् – हाँछ्यु आउँदा रुमाल र नैपकिन पेपरले नाक छोप्ने गर्नोस् ।
४. सनस्क्रीन लोसन लगाउनोस् – घामबाट बच्नका लागि सनब्लक क्रिम लगाउने बानी बसाल्दा घामले डढ्ने र छालाको क्यान्सरबाट बच्न सकिन्छ ।
५. ज्यादा पानी पिउनोस् – पानी जिन्दगानी भने झै स्वस्थ्य रहनका लागि एक दिनमा ८ गिलास पानी पिउने बानी बसाल्नोस् ।
६. किचनमा प्रयोग हुने स्पञ्ज ४५ सेकेण्ड माइक्रोवेभमा राख्नोस् – भाडा माझ्ने या किचेन पुछ्ने पोछालाई राम्रोसँग सफा गर्नु आवश्यकता छ ।
७. रिस उठ्दा २० पटक गन्नोस् – रिस उठ्नु सामान्य हो । तर रिस उठ्दा २० सम्म गन्दा मानिसको रिस मत्थर हुने अनुसंधानले देखाएको छ ।
www.nepalsandesh.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस