शाहरुख खानलाई नचिन्न सायदै भेटिएलान् ? बलिउडमा आफ्नो छुट्टै पहिचान बनाउँदै बादशाह कहलिएका शाहरुखलाई आफ्नै अनुहार चोर जस्तो लागे पछि उनका फ्यानहरु अचम्ममा परेका छन् ।
उनले सो कुरा गत नोभेम्बर २ मा आफ्नो ४९ औं जन्मदिन मनाउने क्रममा आफ्ना शुभचिन्तक तथा फ्यानलाई हसिमजाकमा यस्तो बताएका हुन् ।
शाहरुखलाई आफूले राउडी राठौर , दबंग, बाजी राव सिंघम, इन्सपेक्टर विजय जस्ता प्रहरीको मुख्य भूमिका भएका फिल्ममा अभिनय गर्न नपाएकोमा दुख लागेको पनि बताएका छन् ।
उनलाई प्रहरीको मुख्य भूमिका निभाउन मन छ तर कसैले पनि उनको मनको ईच्छा पूरा नगरेको उनले बताएका छन् । केहि पुलिस म संग काम गर्छन र उनीहरुको काम मैले नजिकबाट नियाल्ने गर्छु त्यसैले म चाहन्छु कि म पुलिसवाला भूमिका निभाउ तर कोहि पनि यस्तो रोल लिएर आउँदैनन् शाहरुखले भनेका हुन् ।
पुलिस युनिफर्म आफूलाई निकै सुहाउने शाहरुखले बताएएका छन् । म चुलबुल पाण्डे, राउडी राठौर जस्ता रोल गर्न चाहन्छु शाहरुखले भने । आउनै लागेको २ वटा फिल्ममा चोरको भूमिका निभाएको छु मलाई लाग्छ मेरो अनुहार नै चोर जस्तो छु शाहरुखले बताए ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

