Sunday, November 23, 2014

विदेशमा शून्य, यहाँ मालामाल

७ मंसिर, नेपालगञ्ज  ।
७ वर्ष मलेसियामा काम गरेर पनि राम्रो कमाई हुन नसकेपछि स्वदेश फर्किएर कुखुरापालन थालेका बाँकै कारकाँदो २ का कृष्ण सुवेदीको व्यवसाय अहिले ६० लाखको हाराहारीमा छ ।

उनी मासिक ६० हजार रुपैयाँभन्दा बढी नाफा आर्जन गर्छन् । अहिले उनी विदेश जान खोजिरहेका युवालाई स्वेदेशमै रोजगारी गर्न सुझव दिँदै हिँडिरहेका भेटिन्छन् ।

पैसा कमाउन विदेशै जानुपर्छ भन्ने छैन, सुवेदी भन्दै थिए, त्यहाँ पाउने तलब त मैले यहीँ कर्मचारीलाई दिन्छु ।

नेपालगन्जस्थित उनको सगरमाथा फ्रेस हाउस र सगरमाथा फ्रेस र एन्ड पोल्ट्री सप्लयार्स बाकेसँगै बर्दियाका कुखुरापालक कृषकहरुका लागि निकै परिचित छ ।

सुबेदीले उत्पादन गरेका कुखुरामात्र बेच्दैनन्, दुवै जिल्लाका कृषकले उत्पादन गरेको कुखुरासँगै मासु पनि विक्री गर्छन् ।

उनको फ्रेस हाउसबाट अहिले दैनिक ३ क्विन्टल र जिउँदो कुखुरा ५ क्विन्टल बिक्री हुन्छ । उनले बाँकै र बर्दियामा मासिक ८ हजार चल्ला आपूर्ति पनि गर्ने गर्दछन् । कुखुराको दाना नै मासिक सय टन बिक्री हुन् छ । फ्रेस हाउस र पोल्ट्री सप्लायर्समा दुवैमा औसत १० हजार रुपैयाँ तलब दिएर ६ कर्मचारी राखेको खबर आजको कारोबार दैनिकले छापेको छ ।
nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस