Sunday, November 9, 2014

दिर्घजिवी बन्न चाहनुहुन्छ भने बाख्राको दूध पिउनुहोस्


एक अध्ययनले आमा दुध पछाडी बाख्राको दुध अत्यन्त उपयोगी हुने देखएको छ । अध्ययन अनुसार बाख्राको दूधमा पोषण तत्व र यसले विभिन्न रोगहरुलाई निको पार्न सक्ने औषधीबद्र्धक गुण हुने भएकाले लाभदायक हुने बताइएको छ ।


अमेरिकी बैज्ञानिक डा.रवर्ट एच. सोर्जले यस सम्बन्धमा धेरै खोज अनुसान्धान गरेका छन् । उनले अध्ययनबाट नियमित बाख्राको दूधको सेवनबाट मानिस तन्दुरुस्त हुनुका साथै बढो नहुने आश्चर्यजनक रहस्य पत्ता लगाएको आफ्नो सोधमा उल्लेख गरेका छन् । उनले सोधमा भनेका छन, ‘असाध्य रोगलागेर पानी बाहेक केही सेवन गर्न नसक्ने, नपच्ने अवस्थाको विरामीलाई बाख्राको दूधले निको बनाएको छ ।’

महात्मा गान्धीले समेत उपवासको वेला शरीर स्वस्थ र तन्दुरुस्त बनाउनका लागि बाख्राको दूधको नियमित सेवन गर्ने गर्दथे । बाख्राको दूधको सेवनबाट  शरीरको अंगप्रत्यंग, मस्तिष्क र अन्य अंग र नसाहरुलाई स्वस्थता प्रदान गर्दछ ।

परापूर्वक कालमा पनि नवजात शिशुको आमाको मृत्यु भएमा बच्चालाई जिवित राख्नका लागि बाख्राको दूध खुवाउने गरिन्थ्यो । यसवाट पनि बाख्राको दूधको उपयोगिताबारे प्रष्ट हुन सकिन्छ । http://edailynewsnepal.blogspot.co.il/2014/11/blog-post_204.html#.VF-2HfmUeKQ
 भिडियो हेर्न तल क्लिक गर्नुहोस 

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस