Sunday, November 16, 2014

जोतिश शास्त्र अनुसार यस्ता चिन्ह हुने भाग्यमानी

शरीरका विभिन्न भागका बनौट र त्यहाँ रहेका रेखाका आधारमा मानिसको भाग्य र स्वभाव बताउन सकिने बताउँछ । हातका मात्र होइन खुट्टाका रेखा पनि मानिसको स्वभाव र भाग्य विश्लेषणका लागि महत्वपूर्ण हुने यो शास्त्रको भनाइ छ ।

यहाँ समुन्द्र शास्त्र अनुसार खुट्टामा हुने चिन्हको अर्थबारे चर्चा गरिएको छ ।
समुन्द्र शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथिमा माथितिर गएको रेखा छ भने यस्ता ब्यक्ति भोगी र विलाशी हुन्छन् । यस्त ब्यक्ति समाजमा प्रतिष्ठित पनि हुन्छन् । यिनीहरु भाग्यमानी हुन्छन् र धनी पनि ।
त्यस्तै समुन्द्र शास्त्रका अनुसार कुनै ब्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हु्न्छन् । यिनीहरुलाई कमाउनका लागि मेहनत गर्नु पर्दैन ।
जसको पैतालमा त्रुशुलको चिन्ह छ त्यस्ता ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । सरकारी जागिर वा उच्च पद प्राप्त हुने ब्यक्तिको पैतलामा यस्तो चिन्ह हुन्छ ।
जस्को पैतालामा बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ त्यस्ता ब्यक्ति महापुरुष हुन्छन् । यस्ता ब्यक्तिलाई विश्वले चिन्छ ।
जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ त्यस्ता धनी भएपनि धनको मतलव नगर्ने हुन्छन्।
पैतालामा अंग्रेजी अक्षर T जस्तो आकृति छ भने त्यस्ता ब्यक्ति भाग्यशाली हुन्छन् । यस्ता ब्यक्तिले ब्यापारमा निक्कै सफलता पाउँछन् ।source online khabar
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस >

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस