Wednesday, November 19, 2014

अनौठो सत्य कुरा जति राम्रो निद्रा त्यति नै राम्रो पढाई...

विद्यार्थीहरूले स्कुल-कलेजमा राम्रो पर्फमेन्सका लागि धेरै पढेर मात्रै हुँदैन, पुगुन्जेल सुत्नु पनि अत्यावश्यक छ । पर्याप्त निद्रा लिने विद्यार्थीहरूले पढाइमा पनि राम्रो गर्ने रहेछन् । ‘स्लिप मेडिसिन’ मा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ ।




उक्त अध्ययन अनुसार, कम सुत्दा सोच्ने क्षमता प्रभावित हुने गर्छ । पर्याप्त निद्राले विद्यार्थीसहित सबैलाइ ऊर्जावान् राख्ने गर्छ । पुगुन्जेल सुत्ने गर्दा मस्तिष्क तरोताजा भइरहन्छ । किशोर र युवाको करिअरलाई पर्याप्त निद्राले एउटा दिशा देखाउने गर्छ ।

उपर्युक्त निष्कर्षमा पुग्नुअघि स्विडेनको उप्साला विश्वविद्यालयका अनुसन्धाताहरूले २० हजार विद्यार्थीमाथि अनुसन्धान गरेका थिए । पढाइ र निद्राबारेको त्यो अनुसन्धानमा १२ वर्षदेखि १९ वर्षसम्मका छात्रछात्रालाई सामेल गरिएको थियो । त्यसको परिणाम अनुसार, जो विद्यार्थी पर्याप्त मात्रामा सुत्ने गरेका थिए, उनीहरूको पढाइ राम्रो पाइएको थियो । मजाले नसुत्नेहरूमध्ये धेरैजसो असफल हुने गरेको अनुसन्धाताहरूले पाए ।

अनुसन्धान अनुसार, पर्याप्त मात्रामा सुत्नेहरूको तुलनामा कम सुत्नेहरूले पढाइमा अपेक्षित पर्फमेन्स देखाउन सक्दैनन् । उक्त अनुसन्धानमा सहभागीमध्ये ३० प्रतिसत किशोरकिशोरीमा नियमित रुपमा निद्रासम्बन्धी समस्या पाइएको थियो ।   khabar-time.blogspot.co.il/

भिडियो हेर्न तल क्लिक गर्नुस होला !

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस