Thursday, November 6, 2014

समुन्द्र मुनी बनाइएका विश्वचर्चित ७ होटल (फोटो फिचर)

हुन त तपाइँ हामीलाई लाग्छ समुन्द्र मुनी कुनै संरचना बनाउनु असम्भव छ । तर आश्चर्य नै मान्नु पर्छ समुन्द्रमुनी समेत दुनियाँका नामुद नामुद होटल छन् ।
समुन्द्र मुनी बनाइएका यस्ता होटल इन्जिनियरिङका अद्भुत् नमूना समेत हुन् । यहाँ त्यस्तै समुन्द्र मुनी बनाइएका दुनियाँका ७ सबैभन्दा चर्चित होटलको बारेमा जानकारी प्रस्तुत गर्दैछौं ।

द शिमाओ वण्डरल्याण्ड, चीनः
Chinese Hotel
चीनको सोङ्जियाङमा थियानमेन्शन पहाडकोबीचमा पर्ने समुन्द्र मुनी यो होटल अवस्थित छ । समुन्द्रको १०० मिटर पानी मुनी बनेको यो होटलमा १९ तला छन् भने ३ सय ८० कोठा छन् । यसको डिजाइन बेलायतको एट्किन्स डिजाइनर कम्पनीले गरेको हो । यसलाई गुफा होटल पनि भन्ने गरिएको छ । यसको निर्माणकार्य भने अर्को वर्ष मात्र पुरा हुनेछ ।


क्रिसेन्ट हाइड्रोपोलिस, दुबईः
Crinset Hydropolic Dubai
क्रिसेन्ट हाइड्रोपोलिस नामक होटल पनि दुबइको चर्चित समुन्द्र मुनीको होटल हो । ठूला ठूला घरानियाका सदस्यहरु यहाँ विदा मनाउन जाने गरेका छन् । यो होटललमा पनि कोठा देखि डाइनिंग एरिया, मीटिङ हल र इनडोर गेमिङ एरिया समेत शिशाले बनेको छ । यहाँबाट माछा लगायतका समुन्द्री जीव समेत देख्न सकिन्छ । यो होटलमा २ सय ३० वटा विशाल कोठा छन् ।

हुवाफेन फुशी, माल्दिब्सः
Huwafen Fusi Maldivs
माल्दिब्समा पनि हुवाफेन फुशी नामक चर्चित समुन्द्र मुनीको होटल छ । यो होटल यति सुन्दर तरिकाले निर्माण गरिएको छ कि यसमाथि पनि पानीको डिजाइन देख्न सकिन्छ । यसमा पनि सबै सुविधा छ । समुन्द्रको भित्री दृष्य हेर्नका लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।

वाटर डिस्कस होटल, दुबईः
water discuss hotel Dubai
दुवइको अर्को चर्चित समुन्द्रमुनीको होटलको नाम हो वाटर डिस्क्स । यसको डिजाइन पनि अद्भुत छ । विभिन्न सुविधा भएको यो होटलमा समुन्द्र मुनी नै स्वीमिङ पुल लगायतका सुविधा छन्।

पोजेडन अण्डरवाटर रिसर्ट, फिजीः
Pejedon Underwater resort Fiji
फिजीमा पनि समुन्द्रमुनी रहेको होटल पर्यटकका लागि आकर्षक केन्द्र हो । हुन त यहाँको टापु सानो छ तर यहाँ रहेको पोजेडन अण्डरवाटर रिसर्टमा पुग्न पर्यटकहरु मारामार गर्छन् । ५ हजार एकड क्षेत्रफलमा फैलिएको यो समुन्द्र मुनीको होटल महंगो होटल पनि मानिन्छ । यहाँ एक रात विताउन १५ हजार डलर लाग्छ ।

मान्टा रिसर्ट, जन्जीबरः
Hotel Pemba Janjibar
मान्टा होटल अफ्रिकाका सबैभन्दा राम्रा होटलमा गनिन्छ । यो समुन्द्रको १३ फिट गहिराइमा बनेको छ । यसमा साना साना कोठा छन् तर सबै सुविधा छ । सस्तो मानिएको यसमा एक रात विताउन १००० डलर मात्र लाग्छ ।

ज्यूल्स अण्डरसी लज, फ्लोरिडा, अमेरिकाः
Jyulas Underasi Lodge Florida US
अमेरिकाको फ्लोरिडामा रहेको समुन्द्र मुनीको लज पनि निक्कै चर्चित छ । यो होटलको नाम चर्चित लेखक ज्यूल्सको नामबाट राखिएको हो । उनले समुन्द्री जीवनबारे वृहत अध्यन गरेका थिए । यो होटल पुरानो समुन्द्र मुनीको होटल पनि हो । १९७० मा निर्माण शुरु भएको यो होटल २० फिटको गहिराइमा छ ।
- See more at: http://nepaliheadlines.com/2014-06-17-08-05-17.html#sthash.ANmmTHPJ.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस