Sunday, November 9, 2014

श्रीमान मलेसियामा, अर्कैसँग प्रेम चक्कर चलाउँदा गयो ज्यान

महोत्तरी, २२ कात्तिक । ३२ वर्षीया मञ्जुदेवी यादवको सामूहिक बलत्कारपछि हत्या गर्ने दुई जनालाई महोत्तरी प्रहरीले पक्राउ गरेको छ ।
यादवका प्रेमीकै योजनामा बलत्कारपछि हत्या भएको प्रहरीले अनुसन्धानका क्रममा फेला पारेको छ ।
गता कात्तिक ९ गते श्रीपुर– ६ यादवको सामूहिक बलत्कारपछि आँपको रुखमा झुण्ड्याएर हत्या भएको थियो ।
प्रहरीका अनुसार महोत्तरी श्रीपुर– ३ का ४० वर्षीय श्यामकुमार राय यादव र गौशाला नगरपालिका– ११ निगौलका १९ वर्षीय लक्ष्मण मुखिया पक्राउ परेका हुन् ।
उनीहरूलाई बिहीबार पक्राउ गरिएको थियो । हत्यापछि उनीहरु भारतमा लुकीछिपी बस्दै आएका थिए ।
एक बच्चाकी आमा समेत रहेकी यादवका  श्रीमान् श्रीराम मण्डल दुई वर्षदेखि वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । मञ्जुको विवाह चार वर्षअघि भएको हो ।
स्रोत -dainiknepal भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस