मोरङमा एक दम्पती खोलामा हामफालेर आत्महत्याको प्रयास गर्दा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् गम्भीर भएका छन् ।
बयरबन–८ बस्ने ५६ वर्षीय बमबहादुर पौडेल र श्रीमती ५० वर्षीया गुञ्जमायाले बयरवन–७ स्थित भलुवा खोलाको पुलबाट मङ्गलबार साँझ ७ः३० बजे हामफालेका हुन् ।
स्थानीयले देखेपछि उनीहरूलाई खोलाबाट उद्धार गरेको थियो । गुञ्जमायाको घटनास्थलमा नै मृत्यु भइसकेको थियो भने गम्भीर अवस्थामा रहेका बमबहादुरको पथरी अस्पतालमा उपचार भइरहेको पूर्वाञ्चल क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

