Wednesday, November 5, 2014

अवैध यौनकर्मको आरोपमा कान्तिपुरकर्मी प्रहरी हिरासतमा

बुधबार, कार्तिक १९,
५० वर्ष पुग्न लागेको पुरुषले ११ वर्षकी बालिकासँग वर्षदिनदेखि राजधानीको मुटुमै जबरजस्ती यौनसम्बन्ध कायम गरिरहेको कुरा कसरी पत्याउने ? मुलुकको नम्बर एक प्रसारण संस्था भन्ने कान्तिपुर टेलिभिजन (केटिभि)का पुराना कर्मचारी अहिले नयाँ नयाँ स्त्री लिङ्गसँग लाग्ने यौन लतकाकारण २४ दिन प्रहरी हिरासतमा छन् ।

केटिभिका क्यामेरा पर्सन रामशरण शर्मा सम्बन्ध विच्छेत गरी बसेकी एक महिला रमिता (नाम परिवर्तन) सँग निकै अघिदेखि लिभिङ टुगेदरजस्तै सम्बन्धमा थिए । बानेश्वरमा रमिताका लागि काम गर्ने केटी खोजेर उनैलाई ल्याइदिए । चापागाउँका बासिन्दा शर्मा आधा उता र आधा बानेश्वरमै बस्थे ।

रमितासँग बस्ने क्रममै उनले बालिकामाथि गिद्दे नजर लगाए । रमिता नभएको बेला गएर उनले आफैंले सहयोग गर्न खोजिदिएकी बालिकालाई जबरजस्ती गरे । बालिकाले आफू एक वर्ष अघिदेखि नै रामशरण अंकलबाट यस्तो व्यवहार खेप्न बाध्य भएको बालअधिकार सम्बन्धी काम गर्ने सिविनका मानिसलाई सुनाएकी थिइन् ।चिकित्सकीय जाँच विवरणबाट पनि बालिकामाथि यौन दुव्र्यवहार भएको प्रमाणित भएको बानेश्वर वृत्तका डिएसपी रमेश तामाङले बताएका छन् ।


यसरी खुल्यो कुरो


बानेश्वरकै एक स्कूलमा अध्ययन पनि गरिरहेकी ती बालिका समक्ष केही अघि सिविनबाटै बालसहयोगीका रुमपमा केही प्रतिनिधि पुगे । उनीहरुले स्कूलका बालबालिका सामू उनीहरुलाई कतैबाट यौनजन्य दुव्र्यवहार, यातना तथा जस्तो सुकै अमानवीय पिडा र दुःख परेको भए खबर गर्नु भनि सम्पर्क नम्बर लेखेर गए । आफ्ना आमा, बाबु तथा रमितालाई समेत रामशरणको डर धम्कीका कारण केही भन्न नसकेकी बालिकाले घरमा कोही नभएको मौकामा फोन गरी समस्या बताइन् ।

त्यसपछि उनीहरुले बालिकालाई भेटेर प्रहरीकोमा उजुरी गरे । प्रहरीले रामशरणलाई यसबारे बुझ्न फोनबाटै बोलाए । तर, उनी भाग्दै रहे । प्रहरी टोली रामशरणलाई खोज्दै उनको निवास चापागाउँ नै पुगे । तर, उनी त्यहाँबाट पनि भागेर कान्तिपुर टेलिभिजनमा आएर लुक्दै बसे । अन्त्यमा प्रहरी टोली केटिभिमै गई काग तिहारको अघिल्लो दिन मंगलबार राति एक बजे रामशरणलाई  पक्रन सफल भयो । अदालतले २४ दिन सम्म हिरासतमा राखी अनुसन्धान गर्न स्वीकृति दिएको छ ।

तर, रामहरणले भने उनलाई भेट्न जाने साथीहरुसँग मैले त्यस्तो गरेको छैन । मलाई फसाइयो भन्ने गर्छन् । गल्ती नगरेको भए प्रहरीले खोज्दा किन नगइ भाग्दै हिँडेको भन्दा उनले आफूले ड्रिङ्गस गरेकाले डरले लुकेको भनी लाज छोप्न गरेको खबर बुधबार जन आस्था साप्ताहिकले छापेको छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस