बलिउडका 'हिरो' सलमान खानले आफू कसैसँग विवाह गर्नकै लागि बदलिन नसक्ने बताएका छन् । उनका फ्यानले सलमानले कहिले विवाह गर्लान भनेर चर्चा गरिरहेको समयमा सलमानले भने आफू कसैको श्रीमान बन्ने खाले नरहेको बताएका हुन् ।

'शुरुमा म पनि विवाह गर्न चाहन्थें भएन' 'सञ्जय दत्तले पूर्व पत्निको सम्झना आउने र छोरा छोरीको साह्रै माया लग्ने बताउँदा म तयार नै भएको थिएँ'
'तर जव म सँग सञ्जयले कुरा गर्दै थिए त्यहीबेला उनकी पत्नी रेहको फोन आयो अनि उनले जे पायो त्यही भने अनि मलाई थाहा भो अहिले सम्म मलाई भनेका कुरा झुट् हुन् भनेर' एक पत्रिकासँग कुरा गर्दै सलमानले भनेका छन् ।

मलाई बच्चा मन पर्छ तर बच्चासँग त आमा पनि हुन्छ- मजाक गर्दै सलमानले भनेका छन् ।
'विवाह नगरी बस्न सक्छु तर कसैका लागि बदलिन सक्दिन' सलमानको भनाइ छ ।

सलमान खानले ऐश्वर्य राय, संगीता बिजलानी, क्याट्रिना कैफ, सोमी अली लगायतका चर्चित सुन्दरीहरुसँग रोमान्स गरेका थिए । पछिल्लो समय उनी श्रीलंकाली मूलकी बलिउड अभिनेत्री ज्यालिनसँग नजिकिएको चर्चा छ ।
- See more at: http://nepaliheadlines.com/2014-07-17-08-16-57.html#sthash.liJM1oBF.dpuf भिडियो तल छ