Thursday, November 6, 2014

किस गर्न पाउनुपर्ने भन्दै भारतीय विद्यार्थी आन्दोलित, प्रहरीकै सामुन्ने गरिदिए किस (तस्वीरसहित)

कोलकाता, २० कात्तिक । भारतको केरलस्थित कोच्चिमा हुन लागेको ‘किस अफ लभ’ प्रदर्शनमा प्रहरीले रोक लगाएपछि कोलकातास्थित जादवपुर विश्वविद्यालयका विद्यार्थीहरुले प्रदर्शन गरेका छन् ।


‘संघका गुण्डा होसियार, तेरै सामु गर्छौ प्रेम’ भन्ने नाराका साथ सयौं युवायुवतीले विश्वविद्यालय परिसरमा हातमा ब्यानर र पोस्टरका साथ ‘किस अफ लभ’ ¥याली निकालेका हुन् । प्रहरी चौकीको करिब पाँच सय मिटर दूरीमा युवायुवतीले आपसमा चुम्बन गरेका थिए ।

विद्यार्थीहरुको किस प्रदर्शनका कारण यातायातसमेत अवरुद्ध भएको थियो । विद्यार्थीहरुले अचानक प्रदर्शन सुरु गरेपछि प्रहरी भने अक्क न बक्क भएको थियो । हिन्दूवारी संगठन राष्ट्रिय स्वयम सेवक संघले सार्वजनिक स्थलमा चुम्बनविरुद्ध गरेको कारबाहीको विरोध र कोच्चिमा भएको घटनाको समर्थनमा प्रदर्शन गरिएको हो । तर, कोच्चिमा जस्तो कोलकातामा न संघको संक्रियता देखियो न त प्रहरीकै ।

विश्वविद्यालय परिसरस्थित क्यान्टिनअगाडि विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले मुखुण्डोसमेत लगाएका थिए ।
विश्वविद्यालयका छात्रा आत्रेयी चटर्जीले भनिन्–कोच्चिमा जुन घटना भयो त्यो गलत र असंवैधानिक छ । किस गर्नु कुनै अश्लिल व्यवहार होइन, यो प्रेमको निशानी हो । उनले कोच्चिका युवाहरुको समर्थन र संघविरुद्ध प्रदर्शन गरिएको हो ।

अन्य एक छात्रा अरुणिमा आचार्य कोलकातामा यही साता एक युवतीलाई छोटो स्कर्ट लगाएकै कारण कोलकाता नगर निगमको थियटरमा प्रवेश नदिएको भन्दै आपत्ति व्यक्त गरिन् । उनले भनिन्–यस्ता घटना वर्तमानमा अप्रासंगिक छन् । त्यो पनि किस गर्नु आफूहरुको मौलिक अधिकार भएको उनको भनाइ छ। एजेन्सीhttp://edailynewsnepal.blogspot.nl/

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस