Friday, November 21, 2014

निम्नस्तरका सामग्री प्रयोग गर्नुभन्दा शृंगारै नगर्नु बेस

अनुहार सुन्दर, राम्रो, चम्किलो, ताजा बनाउन चाहन्छन् । यसका लागि लागेपुगेसम्म बजारमा पाइने विभिन्न सौन्दर्य प्रसाधन एवम् सौन्दर्य उपकरणहरू प्रयोग गर्न पछि पर्दैनन् । आजकल प्रायः सबैलाई आफ्नो मेकअप कसरी गर्नुपर्छ भन्ने बारेमा थोर–बहुत जानकारी भएको हुन्छ । तर शृड्डार गर्ने सही तरिका र सौन्दर्य सामग्री एवम् औजारको सही प्रयोग गर्न जानेन भने नतिजा आफूले चाहेजस्तो हुँदैन र कहिलेकाहीँ हानि पुर्याउने पनि हुन्छ । त्यसकारण जो–कोहीले विशेष गरेर महिलावर्गले शृड्डार गर्न जान्नु आवश्यक छ । यहाँ सही किसिमले अनुहारको शृड्डार गर्ने केही तरिकाहरू उल्लेख गर्न चाहन्छु, जसले गर्दा आफूले चाहेजस्तो शृड्डार होस् ।
अनुहारको शृड्डार
अनुहारको शृड्डार गर्नु छ भने सर्वप्रथम अनुहार राम्रोसँग सफा गर्नुस् । अब अनुहारको सबै भागमा मोइश्चराइजर थोपा–थोपा गरी लगाउनुस् । उक्त लगाइएको मोइश्चराइजर औंलाको सहायताले चक्र प्रणालीअनुरूप सबैतिर एकनास हुने गरी फिजाएर लगाउनुस् । लगाएको मोइश्चराइजर अनुहारभरि एकनास होस् भनेर होसियारीसाथ ब्लेन्डिङ गर्नु पनि जरुरी हुन्छ, नत्र भने टाटेपाटे हुने डर हुन्छ । यसै गरी आई स्याडो लगाउने बेलामा पनि ब्लेन्डिङमा विशेष ध्यान दिनु जरुरी छ । मोइश्चराइजर या फाउन्डेसन ब्लेन्डिङ गर्दा अनुहारका साथै गर्दनको खाली भागमा पनि लगाउन जरुरी छ ।
अनुहारमा कहीँ–कतै दाग, काला धर्का अथवा अन्य नराम्रा धब्बा भएमा सही तरिकाले कन्सिलर प्रयोग गरी छोप्नुपर्छ । ब्रसको सहायताले राम्रोसँग कन्सिलर लगाइसकेपछि छालाको रड्डसँग मिल्ने गरी फाउन्डेसन लगाउनुपर्छ । बेस लगाउने काम सकिएपछि हात या ब्रसको सहायताले एकनास हुने गरी अनुहारमा ट्रान्स्लुसेन्ट ९त्चबलकगिअभलत० पाउडर लगाउनुपर्छ । यसै गरी गर्दनमा पनि यो पाउडर लगाउन बिर्सनुहुँदैन ।
आँखालाई आकर्षक तथा सुन्दर बनाउनका लागि आई सेड मिसाएर लगाउन सकिन्छ । आई सेड लगाउने बेलामा आफूलाई सुहाउने प्रकारको आई सेडको छनोट गर्नु जरुरी छ । सही छनोट गरी लगाएको आई सेडले आफ्नो अनुहार निखार र आकर्षक देखिने हुन्छ । साथै पहिरनसँग सुहाउने पनि हुन्छ ।
निम्नस्तरका सामग्री प्रयोग गर्नुभन्दा शृड्डारै नगर्नु बेस
उच्चस्तरको शृड्डारका लागि शृड्डार गर्ने उपकरणहरू पनि उच्चस्तरको नै हुनु जरुरी छ । शृड्डारमा प्रयोग गरिने ब्रसहरू विभिन्न प्रकारका हुनुका साथै उच्चस्तरको पनि हुनुपर्छ । नत्र भने ब्रसका रेसाहरू झर्न गई त्यसले शृड्डारलाई नै बिगार्ने हुन्छ । ब्रस नरम खालको पनि हुनु जरुरी छ ।
यसै गरी शृड्डारका अन्य सामग्रीहरू पनि उच्चकोटीको हुनु आवश्यक छ । उच्चकोटीको सामग्री भएमा छाला वा स्वास्थ्यमा कुनै प्रकारको समस्या उत्पन्न हुँदैन । शृड्डारका जुनसुकै सामान किन्दा ती सामानको म्याद कहिलेसम्म छ भन्ने कुरामा विशेष ध्यान दिनुपर्छ । म्याद सकिएका सामग्रीले अनुहारको छालामा नकारात्मक असर पुर्याउँछ । यसबारेमा निकै सतर्क हुनुपर्छ । सकभर उच्चकोटीका ब्रान्डेड सौन्दर्य सामग्री को छनोट गरी प्रयोग गरेमा ती सामग्रीबाट छालामा हुन सक्ने हानिबाट बच्न सकिन्छ । साथै आफूले चाहेअनुसारको नतिजा पाउन सकिन्छ ।
शृड्डार गर्दा कुन अवसर वा उत्सवका लागि गर्ने हो, त्यसको पनि विचार गर्नु उत्तिकै आवश्यक छ । एकै प्रकारको शृड्डार सबै उत्सवमा सुहाउने हुँदैन । यसै गरी आफ्नो छालालाई मिल्ने खालका शृड्डारका सामग्रीहरू प्रयोग गर्नुपर्छ । सामान छनोट गर्न समस्या परेमा वा आफू अनभिज्ञ भएमा अनुभवी सौन्दर्य विज्ञको मद्दत लिन पनि सकिन्छ । जानेर वा नजानेर पनि गलत सामग्रीको छनोट हुन पुग्यो भने सुन्दर अनुहार पनि कुरूप हुन बेर लाग्दैन । त्यसैले लो–क्वालिटीका सौन्दर्य सामग्री प्रयोग गरेर शृड्डार गर्नुभन्दा बरु शृड्डार नै नगर्नु बेस भन्ने कुरालाई पनि सधैँ ख्याल राख्नुपर्छ ।
स्रोतःकामना

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस