Thursday, November 6, 2014

विश्वका शक्तिशाली हस्तीको नाम सार्वजनिक, पुटिन पहिलो, मोदी पन्ध्रौं स्थानमा

बिहीवार 20 कार्तिक, 2071
काठमाडौं, कार्तिक २० । चर्चित पत्रिका फोब्र्सले विश्वका शक्तिशाली हस्तीको नामावली सार्वजनिक गरेको छ । यसवर्ष रसियाका राष्ट्रपति भ्लादिमीर पुटिनले विश्वका एक से एक हस्तीलाई उछिन्दै एक नम्बरमा स्थान बनाएका छन् ।
यता भारतका प्रधानमन्त्री नरेंद्र मोदीले पनि पहिलो पटक विश्वका हस्तीको सूचीमा नाम लेखाएका छन् । उनी संसारका सर्वाधिक प्रभावशाली व्यक्तिको सूचीमा पन्ध्रौं नम्बरमा छन् ।

पुटिन लगातार दोस्रो पटक अमरिकी राष्ट्रपति बराक ओबामालाई पछि पार्दै उक्त स्थानमा पारेका हुन् । मोदीले सुरक्षित गरेको पन्ध्रौं नम्बरबारे फोब्र्सले भनेको छ, भारतका नयाँ रकस्टार बलीवुडबाट नभई आम चुनावमा भारी जीतका साथ कार्यभार सम्हाल्ने नवनिर्वाचित प्रधानमन्त्री हुन् ।


imagekhabar.com भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस