Monday, December 8, 2014

मृगौला उपचार गर्न गएका बिरामीलाई अस्पतालले बोकाइदियो हेपाटाइटिस !

२२ मंसिर, काठमाडौं । मिर्गौला फेल भएर उपचारका लागि अस्पताल पुगेका बिरामीलाई अस्पतालले थप रोग बोकाएको छ । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रले बिरामीको उपचारका क्रममा चरम लापरवाही गर्दा मिर्गौला फेल भएका बिरामी हेपाटाइटिसबाट पिडीत भएका छन् ।
अस्पतालको लापरवाहीका कारण साउनयता मात्र मिर्गौला फेल भएर डायलाइसिस र प्रत्यारोपणका लागि पुगेका १९ जनामा हेपाटाइटिस बी र सी को संक्रमण देखिएको छ । अस्पतालको लापरबाहिका कारण थप रोगी भएका मिर्गौला बिरामीहरुलाई अहिले बनस्थलीस्थित मिर्गौला उपचार केन्द्रमा पठाइएको छ । संक्रमण देखिएलगत्तै अस्पताल प्रसासनले संक्रमण निर्मलीकरणतर्फ नदिई अन्तै रिफर गर्ने गरेको छ । केन्द्रले आइतबार मात्र ५ जना बिरामीलाई थप उपचारका लागि मिर्गौल उपचार केन्द्रमा रिफर गरेको छ । बनस्थलीस्थित मिर्गौला उपचार केन्द्रका निर्देशक डा. ऋषिकुमार काफ्लेका अनुसार भक्तपुरबाट साउनमा दुई, असोजमा पाँच, कात्तिकमा तीन र आइतबार पाँच जना बिरामी संक्रमित भएर उपचारका लागि आएका छन् । तीमध्ये केही बिरामी प्रत्यारोपणको तयारीमा समेत थिए । डा. काफ्लेका अनुसार एउटा रोग लागेका बिरामीलाई थप अर्को संक्रमण लाग्नु भनेको झन खतरनाक अवस्था हो । चिकित्सकहरुका अनुसार अस्पतालले प्रयोग गर्ने औजार, उपकरण तथा अन्य सामाग्रीहरुको राम्रो सफाई नगर्दा संक्रमण फैलिएको हो । बिरामीमा हेपाटाइटिस बी र सी रगतजन्य संक्रमणका कारण मात्र सर्ने कलेजो रोग विशेषज्ञहरु बताउँछन् । तर, मानव अंग केन्द्रका निर्देशक डा. पुकार श्रेष्ठले बिरामीमा संक्रमण देखिएकाले समयमा नै रिफर गरिएको बताए । उनले अस्पतालले संक्रमणलाई निर्मलीकरण गरिसकेको समेत दाबी गरे । www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस