Thursday, December 4, 2014

हिरोइन भन्छन- शरीरले पुरुष माग्ला, ब्यबसायकै लागि चाहिँदैन

काठमाडौं । नायक आकाश शाहसँग सञ्चिता लुइँटेलले सम्बन्ध बिच्छेद गरे लगत्तै एकथरिले चिन्ता ब्यक्त गरे दुबै कलाकारको भविष्यलाई लिएर । सम्बन्ध बिच्छेद गर्ने महिला र पुरुषलाई राम्रो नमान्ने हाम्रो समाजिक संरचनाका कारण पनि सञ्चिता वा आकाशको करिअरमा पनि असर पर्ला भन्ने सोच्ने धेरै थिए ।
तर, यसले संचितालाई कुनै असर गरेन । सम्बन्ध बिच्छेदपछि उनलाई कामको कमी भएन । वर्षमा ७ वटासम्म फिल्ममा काम गरिन् उनले । काम गर्दा गर्दै अभिनेता निखिल उप्रेतीसँग दोस्रो बिबाह भयो उनको । फेरि त्यहि कुरा उठ्यो-अब त फिल्ममा आउँदिनन् होला । दुई सन्तानकी आमा समेत बनेकी सञ्चिता अहिले फेरि अभिनयमा फर्किसकेकी छिन् । अभिनयमै निरन्तर लाग्ने उनको योजना छ । बिबाह र सम्बन्ध बिच्छेद जस्ता प्रसंसलाई नेपाली समाजले सहजै स्वीकारेको पुष्टि हुन्छ यस्ता घटनाक्रमले । रेखा थापा र छबि ओझाको सम्बन्ध बिच्छेद हुँदा पनि धेरैले टिप्पणी गरेका थिए- ‘अब रेखालाइ गार्‍हो पर्ने भयो ।’ छविसँग बसुन्जेल अभिनयको अतिरिक्त फिल्म निर्माणसमेत गरेकी रेखालाई धेरैले निर्माताको रुपमा स्वीकारेनन् । बरु, छबिको सहयोगी निर्माताको जस्तो ब्यबहार गरे । यतिसम्म कि रेखालाई अभिनय गराउन चाहने कतिपय निर्माता छबीलाई फोन गरेर भन्थे ‘रेखालाई रेटमा अलिकति कम्प्रमाइज गर्दिन भन्न पर्‍यो ।’
रेखा आफै स्वीकार्छिन ‘हो पहिला मैले कतिपय फिल्ममा छबिले भनेकै कारण थोरै पैसामा पनि काम गरेको छु ।’ जब रेखा र छबिले औपचारिक सम्बन्ध बिच्छेद गरे ‘विचरा’ भन्नेहरुलाई रेखाले कामैले जवाफ दिइन् । सम्बन्ध बिच्छेद गरे लगत्तै ‘काली’ फिल्म बनाएकी रेखाले अर्को फिल्म ‘हिम्मतवाली’ को निर्देशन गरिन् भने आगामी दिनमा आफ्नो ब्यानरको फिल्म आफै निर्माण र निर्देशन गर्ने सांेचमा छिन् । ‘जीन्दगीमा कहिल्यै पुरुषको खाँचो पर्दैन भन्दिन तर, ब्यबसायिक कामका लागि पुरुष नभएपनि फरक पर्दैन ।’ रेखाले अनलाइनखरबसँग कुरा गर्दै भनिन् । एक्लै हुँदा काम गर्न सजिलो सिंगल महिलाप्रति नेपाली समाज खुकुलो हुँदै गएको धारणा राख्ने अर्की नायिका पि्रयंका कार्कीले बिबाहले अभिनय स्वतन्त्रता खोसेको महसुस् गरेपछि छुटि्टएकी थिइन् । नेपाली समाजले केही त टिप्पणी पक्कै गर्छ । यस्तै केही सोचेकी थिइन् उनले । तर, काम गर्दै जाँदा उनले थाह पाइन-सिंगल भएकै कारण कुनै पनि महिला अपहेलित हुनुपर्ने रहेनछ । ‘हाम्रो समाज पनि धेरै हदसम्म परिवर्तन भएको छ । सम्बन्ध बिच्छेदलाई पापकै रुपमा हेर्न छाडेका छन् ।’ अनलाइनखबरसँग कुरा गर्दै पि्रयंकाले भनिन् । सोही भनाइसंग सहमति जनाउने रेखा एक्लो भएपछि कामको दायारा पनि बढ्ने धारणा राख्छिन । ‘छबि र मेरो सम्बन्ध राम्रै भएको भए म अहिले निर्देशक नहुन पनि सक्थें ।’ रेखाले भनिन् । फिल्ममा काम गर्न अवरोध गरेकै कारण पहिलो घरवार भत्किएको धारणा राख्ने सञ्चिता पनि एक्लो हुँदा मज्जाले काम गर्न पाइने बताउँछिन् । www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस