आफ्नो चिच्याउने बानीलाई निरन्तरता दिने निधोमा पुगेकी ५३ वर्षकी ती महिलाले खुलस्त रुपमा भनेकी छिन्, ‘मैले जे गरेकी छु त्यो सबैले गर्नुपर्छ ।’ घटना बेलायतको हो । सण्डरल्याण्डकी बासिन्दा क्यारोलिन कार्टराइटले आफ्नो लोग्ने स्टीभसँग सम्भोग गर्दा निकै चिच्याउने गरेका कारण छिमेकीहरुलाई सहिसक्नु भएन र प्रहरीलाई खबर गरे । झण्डै ३० पटकसम्म प्रहरी उनको घरमै आएर चुपचाप सेक्स गर्न भनि सम्झायो, तर उनले टेरिनन् । अन्ततः उनी विरुद्ध अदालतमा मुद्दा पर्यो । अदालतले उनलाई सम्भोगका बेला चिच्याउन प्रतिबन्ध नै लगाउने आदेश गरेको छ । नचिच्याउन भनि पटक पटक गरेको आदेश अटेर गरेपछि उनी विरुद्ध अदालतले प्रतिबन्धात्मक आदेश नै गर्नुपरेको हो । यसअघि उनलाई केही समय जेल पनि हालियो । उनलाई अदालतले गैर सामाजिक चरित्र देखाएको भनि ४ वर्षे प्रतिबन्धको फैसला गरेको छ । तर उनी अदालतको यो फैसला मान्ने पक्षमा छैनिन् । उनी भन्छिन्, ‘मैले जे गरिरहेको छु, त्यो तपाइँहरुले पनि गर्नुपर्ने कुरा हो । केवल मज्जाको लागि । मज्जाले बग्नुहोस् ।’ आफ्नो ३८ वर्षे लोग्नेसँग आफ्नै घरमा मज्जाले सेक्स गर्न पाउनुपर्ने आफ्नो अधिकार रहेको उनी बताउँछिन् । ठूला ठूला अपराधीलाई पक्रिन छाडेर प्रहरीले आफुलाई पक्रिनमा समय खर्चिएको भन्दै उनले आलोचना समेत गरेकी छिन् । www.onlinekhabar.com
Friday, December 5, 2014
महिलालाई सम्भोग गर्दा नचिच्याउन अदालतको आदेश