Wednesday, December 3, 2014

जाडो मौसममा कफबाट तुरुन्त राहत पाउने सरल घरेलु तरिका....

जाडोको मौसम आउनेबित्तिकै निकै धेरै समस्याहरु आउने गर्दछन् । यो मौसममा रुघा, खोकी, ज्वरो त धेरैजसो मानिसहरुलाई आक्रान्त पारेको हुन्छ । शरिरले यी सबै समस्याहरु झेलेको अवस्थामा कफको समस्या पनि आफसेआफ आउने गर्दछ । यदि कसैलाई एलर्जी, दम र सुख्खा हावाको समस्या छ भने उनीहरुले कफको समस्या अझ बढि सामना गर्नुपर्ने हुन्छ । तुरुन्त राहतका लागि एलोप्याथिक उपचार सहि हुने भएता पनि कफ एउटा यस्तो समस्या हो जुन धेरै दिनसम्म चल्ने गर्दछ । यसबाट छुटकारा पाउनका लागि यहाँ केहि घरेलु तरिकाहरु दिएका छन्ः





 १. हाइड्रेट गर्नुहोस्ः यदि तपाईंको शरिरमा पानीको कमी भएको खण्डमा शरिरबाट कफ निस्कन समस्या हुने गर्दछ । कफको समस्या भएकाहरुले तातो पानी पिउनुहोस्, यसले राहत प्रदान गर्नेछ ।

२. हट ड्रिङ्क्सः कफको समस्या भएको खण्डमा हट ड्रिङक्सले राहत प्रदान गर्नेछ जस्तै तातो सुप, तातो कफी अथवा चिया ।

३. महः एक चम्चा महको सेवन गर्नाले कफको समस्याबाट राहत प्रदान गर्दछ ।

 ४. तातो पानीले नुहाउनुः यदि घाँटीमा कफ धेरै छ र यसले गर्दा तपाईंको गला अवरुद्ध भइरहेको महसुस भएमा तातो पानीले नुहाउनुहोस् ।

५. सुख्खा हावाबाट बच्नुहोस्ः जाडोको मौसममा सुख्खा हावाबाट बच्नुहोस् । सुख्खा हावाले कफको समस्या हुने व्यक्तिलाई थप समस्या प्रदान गर्दछ ।

६. परफ्युम, धुँवा आदिबाट बच्नुहोस्ः आफूलाई उकुसमुकुस महसुस हुने ठाउँमा सकेसम्म नबस्नुहोस् जस्तै निकै धेरै स्प्रे गरिएको ठाउँ, धुँवा अथवा कसैले धुम्रपान गरिरहेको ठाउँ ।

 ७. मसला चियाः कफको समस्या भएका व्यक्तिहरुलाई मसला चियाले राहत प्रदान गर्नेछ ।

 ८. कागती, दालचिनी र महः मह, दालचिनी र कागतीलाई हल्का तताएर खानुहोस् । यसले तपाईंलाई निकै सहज महसुस गराउनेछ ।

९. लसुनः नुन हालेको पानीमा लसुनलाई टुक्रा पारेर हाल्नुहोस् र त्यसलाई पिउनुहोस् ।

 १०. मह र ब्रान्डीः ब्रान्डीले शरिरको तापमान सहि राख्नमा मद्दत गर्दछ र तपाईंको शरिरलाई चिसोबाट बचाउन सहयोग गर्नेछ । एक चम्चा ब्रान्डीको सेवन अथवा त्यसलाई खुट्टामा लगाउनु लाभदायक हुन्छ ।

 ११. अमलाः शरिरबाट चिसो हटाउनु सबैभन्दा राम्रो तरिका अमलाको सेवन हो । यसलाई तपाईं घाममा बसेर खानुहोस् । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस