मानिन्छ। दुर्भाग्यवश, पाका उमेरका व्यक्तिहरूको यौन सक्षमता कम हुन्छ वा युवाहरूको तुलनामा रुचि कम हुन्छ भन्ने सोच वा विश्वासले नकारात्मक प्रभाव पार्छ। कतिपय व्यक्तिलाई असहज लागे पनि पाको उमेरमा यौनचाहना हुनु र यौनसम्बन्धी कार्यमा सक्रिय हुनु सामान्य नै हो। पुरुषहरूका लागि केही हदमा समाजले यो कुरा स्वीकार गर्ने भए पनि महिलाको सन्दर्भमा नकारात्मक भावना अलि बढी नै छ। महिनावारी बन्द भए पनि यौनजीवन नै समाप्त भएको हो कि जस्तो गरिन्छ, तर वास्तविकता त्यस्तो हुँदैन। उमेरसँगै महिलामा के-कस्ता शारीरिक परिवर्तनहरू हुन्छन् ? समयको गतिसँगै उमेर बढ्नु अनि शरीर तथा त्यसको कार्य सम्पादन क्षमतामा परिवर्तन हुनु सामान्य तथा निरन्तर भैरहने प्रक्रिया हो। यसको प्रभाव हाम्रो शरीरका सबै अङ्गप्रत्यङ्ग तथा कार्य सक्षमता दुवैमा देखिन्छ। पक्कै पनि यौनसम्बन्धी कुरामा यस्तो हुने नै भयो, तर आवश्यक जानकारी राखेर आफूलाई तयार राखे ती परिवर्तनहरूसँगै आफूलाई तालमेल मिलाउन सके जीवनयापन गर्न सजिलो हुन्छ। कतिपय शारीरिक संरचना एवं अङ्गहरूको कार्यप्रणाली महिला तथा पुरुषमा आधारभूत रूपमा उस्तै-उस्तै हुन्छन्, तर महिला तथा पुरुषमा प्रजनन एवं यौनसम्बन्धी कुरामा शरीर संरचना अनि त्यसका कार्यप्रणाली एकदमै फरक हुन्छन्। उमेरसँगै आउने परिवर्तनका कुरा गर्दा पुरुष तथा महिलाका प्रजनन एवं यौन अङ्गका साथै कार्य सक्षमतामा पनि आ-आफ्नै किसिमका परिवर्तन हुन्छन्। कतिपय दीर्घरोग अनि त्यसका उपचार तथा अन्य समस्याका प्रभाव पनि यौनजीवनमा नकारात्मक रूपमा देखा पर्न सक्छ। महिलामा हुने मुख्य परिवर्तन निम्न छन् ः – योनि रस आउन केही बढी समय लाग्ने। – योनिमा आएको रसको मात्रा पहिलेको तुलनामा कम हुने। – यौन उत्तेजना हुँदा पहिलेको तुलनामा भगोष्ठ तथा भगांकुर कम फुल्ने – चरमसुखका बेलामा पहिलेको तुलनामा पाठेघर तथा योनिको संकुचन कम हुने भएकाले चरमसुखको तीव्रता कम भएको अनुभव हुने। – महिनावारी बन्द भएपछि योनिका भित्ताहरू केही पातलिँदै जाने। – पाठेघर तथा पाठेघरको मुख सानो हुने। केही महिलामा चरमसुखमा पनि हुँदा पीडाको अनुभव हुनसक्छ। – महिला हार्मोन इस्ट्रोजनको मात्रा कम हुने भएकाले पुरुष हार्मोन एन्ड्रोजनको प्रभावमा यौनचाहना बढ्न सक्छ। कहिलेसम्म यौनसम्पर्क राख्न सकिन्छ ? यौनसम्बन्धी क्रियाकलापमा हुने कमीको कारणका सन्दर्भमा उमेरसँगसँगै आउने शारीरिक परिवर्तन महत्त्वपूर्ण कारण भए पनि सबै दोष त्यसलाई मात्र दिन मिल्दैन। पाका उमेरका व्यक्तिहरू यौनसम्बन्धी कुरामा रुचि राख्दैनन् वा सुखमय यौनसम्बन्ध राख्न सक्दैनन् भन्ने सोच मिथ्या हो। पाका उमेरका प्रायःजसो व्यक्ति यौनप्रति गहिरो अभिरुचि राख्छन् र सक्रिय
Wednesday, November 5, 2014
महिलाहरु कति उमेर सम्म यौन सम्पर्कमा सक्रिय हुन्छन