हुने बताउँदै उनले नेपालका युवाहरु वैदेशिक रोजगारमा जान नपर्ने बताएका हुन् । साक्षात्कार कार्यक्रममा उनले भने– ‘‘विदेश जान टिकट काटेर ठिक्क परेका युवाहरु पनि पुसपछि नेपालमै बस्नेछन्, हामीले त्यस अनूरुपको कार्यक्रम बनाएका छौं, उनीहरु विदेश नगई कृषिमा आवद्ध भएको तपाईहरुले देख्न पाउनुहुनेछ ।’ सरकारले खर्च गर्न सक्ने गरी कृषि क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै मन्त्री पराजुलीले कृषि क्षेत्र उत्पादनमुखी र परिणाममुखी बनाउने गरी नीति तथा कार्यक्रम समेत सार्वजनिक गरेको धारणा राखेका छन् । उनले भने–‘बजेट कार्यान्वयन भए कृषि उत्पादकत्वमा वृद्धि हुन्छ, यसले नेपालमा कृषि क्रान्तिको बाटो खोल्नेछ ।’ मन्त्री पराजुलीले कृषि क्षेत्रलाई विकास गर्नका लागि भूमि, मल, सिँचाई, वीउवीजन, सुलभ बजार र उचित मूल्यको व्यवस्था गर्नुपर्ने समेत धारणा राखेका छन् । कृषि क्षेत्रलाई आकर्षणको केन्द्र बनाउनका लागि सरकारले ३० वटा वाणिज्य बैंकमार्फत देशभरिका छसय शाखालाई नै परिपत्र जारी गरी ६ प्रतिशतको सहुलियत दरमा किसानहरुलाई ऋण उपलब्ध गराउन निर्देशन गरेको पनि मन्त्रीले जानकारी दिएका छन् । उनले धान, गहुँलगायतका उपभोग्य वस्तुको मन्त्रीस्तरीय निर्णयबाट समर्थन मूल्य निर्धारण गरेर वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाएको समेत जानकारी दिए । किसानहरुले ३२ हजारदेखि १ लाखसम्म सहुलियत पाउने जानकारी दिँदै देशभरीका जिल्ला कृषि कार्यालय र पशु सेवा कार्यालय मार्फत सेवाग्रहीहरुलाई सहुलियतबारे सूचना उपलब्ध गराउन मन्त्रालयले निर्देशन दिइसकेको बताए । मन्त्री पराजुलीले आगामी सार्क सम्मेलनमा कृषि क्षेत्रको विकास र विस्तारका बारेमा समेत व्यापक छलफल गर्ने जानकारी दिए । भारत सरकारले नेपालका लागि सोयल मोवाईल टेस्टिङ भ्यान उपलब्ध गराउने भन्दै त्यसबाट कृषकहरु लाभान्वित हुने उनले बताए । उनले कृषि क्षेत्रको अनुशन्धानको लागि विधार्थीहरुलाई शोधपत्र तयार गर्न सरकारले विशेष बजेट समेत छुट्याउने तयारी गरेको बताए । करिव ११ सय युवालाई क्षमता अभिवृद्धि गर्नका लागि पहिलो चरणमा कृषिसम्बन्धी प्राविधिक तालिमको व्यवस्था गरेको पनि मन्त्री पराजुलीले जानकारी दिए । उनले कृषि क्षेत्रको अध्ययन र अनुशन्धानका लागि डिम्ड यूनिभर्सिटि समेत खोल्ने बताए । उनले विश्वमा कतैपनि आम सहमतिबाट संविधान जारी नभएको बताउँदै सकेसम्म दलहरुवीच अत्याधिक सहमति गर्नुपर्ने बताए । उनले सहमति सम्भव नभए प्रक्रियामा गएर भएपनि माघ ८ मै संविधान आउने ठोकुवा गरे । - See more at: http://www.ratopati.com
Monday, November 3, 2014
मन्त्रीले भने, पुसपछि युवा विदेशिनु पर्दैन, टिकट काटेको पनि रद्ध गर्नेछन !!