उक्त विषयको नाम ‘वेस्टिङ टाइम अन इन्टरनेट’ हो । विश्वविद्लयको अंग्रेजी विभागमा आगामी नयाँ शैक्षिक सत्रबाट पढाई सुरू हुनेछ । यो विषय मुख्य रूपमा क्रियटिभ राइटिङ र अंग्रेजी भाषाका छात्रहरुका लागि बनाइएको हो ।
विद्यार्थीहरुलाई कलेज जाँदा ल्यापटप लानुपर्ने हुन्छ र तीण घण्टासम्म काम गर्नुपर्ने हुन्छ । उक्त विषयमा ग्रेडिङ प्रणाली हुन्छ । उक्त विषय पढाउनका लागि जोन केज, बेट्टी फ्रिडेनलाई नियुक्त गरिएको छ ।
विषयको नाम वेष्टिङ कोर्स भएपनि छात्रहरुलाई केही उत्पादनमूलक र रचनात्मक सामग्री इन्टरनेटबाट खोज्नुपर्ने हुन्छ । अर्थात् अंग्रेजी साहित्यमा प्रयोग गर्न सक्ने सामग्रीहरू हुनु पर्ने हुन्छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :
