Tuesday, November 4, 2014

पिसाब पोल्छ ? त्यसोभए यसो गर्नुस्


पिसाब पोल्ने समस्या धेरैलाई हुन्छ र यसलाई मानिसहरुले सामान्य रुपमा लिएर नजरअन्दाज समेत गर्ने गरेको पाइन्छ । कहिलेकाहीँ यो समस्या केही समयका लागि मात्र रहन्छ भने कहिलेकाही महिनौँ सम्म रहन्छ । यो समस्या महिला र पुरुष दुबैमा उत्तिकै मात्रामा पाइन्छ ।
पिसाब पोल्नुका कारण विभिन्न हुनसक्छन्, जस्तैः मुत्रनलीको संक्रमण, मृगौलामा पत्थरी, सरीरमा पानीको कमी आदि ।
पिसाब पोल्नुका विभिन्न कारण हुने भएपनि कतिपय मानिसलाई यस्ता कारणबारे पत्तो नै हुँदैन । कलेजोमा समस्या, अल्सर, प्रेग्नेन्सीको समयमा स्नायु तथा ढाडको हड्डी क्षतिग्रस्त हुनु, शुक्राणु तथा विर्यकोषको संक्रमण, यौनरोग, प्रोस्टेट ग्रन्थी बढ्नु, मधुमेह, कुपोषण तथा मूत्रनली खुम्चिनु लगायतका कारणले समेत पिसाब पोल्नसक्छ ।
पिसाब पोल्नुका कारणहरु सामान्य देखि निकै जटिल समेत हुने भएकाले यसको गाम्भीयर्ता हेरिकन समाधानका उपायतर्फ लाग्नुपर्छ । पिसाब पोल्ने समस्याको केही सामान्य घरेलु समाधानका उपाय यस्ता छन्ः-
१.प्रसस्त मात्रामा पानी पिउनुहोस् । पानी कम भयो भने पिसाब पहेँलो रंगको बन्न थाल्छ । दिनमा कम्तीमा २-३ लिटर पानी पिउनु आवश्यक छ । सरीरमा पानीको मात्रा कम भयो भने पिसाबमा लवणको मात्रा बढि हुने, यसको गन्ध पनि उच्च हुने र रंग पनि पहेँलो हुने हुँदा यसले पिसाब नलीमा जलन पैदा गर्छ र मूत्रनलीको संक्रमणकेा खतरा पनि हुन्छ ।
२. अमिलो फलहरु, जस्तै कागती, मौसम, सुन्तला जस्ता फलफूल खानुहोस् । यी फलमा साइट्रस एडिस हुन्छ जसले मूत्र संक्रमण गराउने जिवाणु नष्ट गर्छ ।
३. अमलाको रस पिउँदा पनि पिसाब पोल्ने समस्या कम हुन्छ ।
४.नरिवलको पानी पिउँदा पनि सरीरमा पानीको कमी हुने तथा पिसाब पोल्ने समस्या कम हुन्छ ।
५. योनी सुख्खा हुने समस्या भएका महिलाहरुलाई सम्भोगका बेला हुने अधिक घश्रणका कारणले पनि पिसाब पोल्ने समस्या पैदा हुनसक्छ । त्यसैले यस्तो समस्या भएकाहरुले सम्भोगका बेला लुबि्रकेन्टको प्रयोग गर्नु लाभदायक हुन्छ ।
६. यौनांगको सरसफाइमा विशेष ध्यान दिनुपर्छ । यौनांगको संक्रमणलाई रोक्नको लागि महिनावारी हुँदा महिलाले विशेष ध्यान दिनुपर्छ ।
७. मृगौलाको पत्थरी हुँदा पनि पिसाबमा जलन हुने भएकाले पत्थरी कम गर्न प्रसस्त पानीका साथै नरिवलको पानी पिउनु समेत लाभदायी हुन्छ ।एजेन्सी
- See more at: http://www.onlinekhabar.com

चोरीको आरोपमा पक्राउ परिन् नायिका

प्रेमीसँग झगडा परेपछि आत्महत्याको प्रयास गर्ने बंगाली अभिनेत्री स्वस्तिका मुखर्जी एक पटक फेरी विवादले घेरिएकी छिन् । स्वस्तिका माथि सिंगापुरको एक बुटीकले सामान चोरेको आरोप लगाएको छ । अभिनेत्री
आफ्ना निर्देशक प्रेमी सुमन मुखर्जीसँग एक फिल्म फेस्टिबलमा सरिक हुन सिंगापुर पुगेकी थिइन् ।   यदि सूत्रलाई मान्ने हो भने अभिनेत्रीले करिब २२,४७५ नेपाली रुपैयाँ पर्ने इयररिंग चोरी गरेकी छिन् । बुटीककी संचालिकाले आफूले आफ्नो बुटीकमा भएको सिसिटीभी क्यामराको मद्दतले चोरी गरेको थाहा पाएको जानकारी दिएकी छिन् । स्वस्तिका फिल्म ‘डिटेक्टिभ ब्योमकेश बक्सी’ बाट बलिउडमा कदम राख्ने तरखरमा थिइन् । यो फिल्ममा उनी सुशान्त सिंह राजपुतसँग देखिने बताइएको छ ।   सिसिटीभी फुटेजका अनुसार स्वस्तिकाले एउटा महँगो नेकपिस किनिन् । उनी फेरी अरु सामानहरु भए ठाउँमा जान्छिन् । त्यहाँ उनले इयररिंग लगाएर हेरिन् त्यसपछि त्यसलाई हातमा लिइन् र खाली बट्टालाई अर्को बट्टा पछाडि राखिदिन्छिन् । यद्यपी स्वस्तिका विरुद्ध कुनै पनि मुद्दा पुलिसमा दर्ता भएको छैन । (एजेन्सी) - See more at: http://www.ratopati.com

यौनशक्ति बढाउने विलकुल घरेलु र सजिलो तरिका

तपाईंहरु आफ्नो यौन जीवनबाट सन्तुष्ट हुनुहुन्न ? तपाईं सोच्नुहुन्छ, यौन सुखको आनन्द लिन सक्दिनँ ? त्यसो भए यी केही टिप्स अपनाउनुस्, तपाईंको यौनशक्ति बढ्छ ।


१. दिमागलाई चिन्तामुक्त राख्नुस् के हुन्छ ? कसरी हुन्छ ? जस्ता कुनै पनि प्रकारका यौन अपेक्षाबाट आफ्नो दिमागलाई पूर्ण तरिकाले मुक्त राख्नुस् । आफूलाई कुनै पनि प्रकारको चिन्ता या दबाब नदिनुस् ।

२. लुब्रिकेशनको प्रयोग गर्नुस् ‘द जर्नल अफ सेक्सुअल मेडिसिन’ को एक अनुसन्धानअनुसार जो पु्रुष लुब्रिकेशन र कण्डम प्रयोग गर्छन्, उनीहरु बढी समयसम्म यौन सुखको आनन्द उठाउन सक्छन् ।

३. आफूलाई सीमितमा नबाँध्नुस् हप्तामा एकपटक, महिनामा एकपटक जस्तो तरिकाले आफूलाई यौन मामलामा सीमित नराख्नुस् । बरु पटक–पटक सेक्स गर्नुस् । यसबाट लामो समयसम्म तपाईंको स्टामिना बनाउन सकिन्छ ।

४. सक्रिय रहनुस् यौन क्रियामा धेरै ऊर्जा र मिहिनेत चाहिन्छ । यो ऊर्जा तपाईंलाई नियमित व्यायाम गर्नाले मात्र मिल्छ । व्यायाम गर्नाले तपाईंको स्टामिनामात्र नभई रक्त सञ्चालन पनि राम्रोसंग हुन्छ ।

५. रक्सीबाट टाढै रहनुस् यदि तपाईं सेक्सको भरपूर आनन्द उठाउन चाहनुहुन्छ भने रक्सी तथा अल्कोहलमिश्रित पेयपदार्थबाट टाढै रहनुस्, यसको सेवनबाट शरीर कमजोर हुन्छ ।

६. खानामा प्रोटीन समावेश गर्नुस् प्रोटीनको मात्रा बढी भएको खाना  खाने गर्नुस् । अण्डाको सेतो भाग, दूध, दूधबाट निर्मित चिज, माछा, कुखुराको मासु आदिमा काफीमात्रामा प्रोटीन पाइन्छ ।

७. सन्तुलित आहारा खानुस् यौनशक्ति बढाउन खानपानमा पनि पूरा ध्यान दिनुपर्छ । खानामा चिल्लो भएको पदार्थ सामेल गर्नुपर्छ । यसका साथै फलफुल तथा तरकारी बढी खानुपर्छ । शरीर स्वस्थ रहे शारीरिक र मानसिक दुवै शक्ति बढ्छ ।

८. तनावबाट बच्नुस् कुनै पनि प्रकारको तनावबाट टाढै रहनुपर्छ । यदि तनाव हुन्छ भने ध्यान गर्नुस् र आफ्नो मूड बदल्नुस् । साथै, राम्ररी निद्रा पर्ने गरी सुत्नुपनि स्वास्थ्यका लागि आवश्यक छ भिडियो तल छ

सबैलाई जानकारी दिएर गरिन् यी युवतीले मृत्युवरण

न्यूयोर्क – अमेरिकाको ओरेगनमा एक २९ वर्षीय महिलाले सबैलाई जानकारी दिएर गत शनिबार आफ्नो जीवनको अन्त्य गरेकी छिन् ।   क्यालिफोर्नियाम जन्मेकी ब्रिटनी मेनार्डले शिक्षा शास्त्रमा स्नातकोत्तर गरेकी
थिइन् । मस्तिष्कघात भएकी उनले ‘डेथ विथ डिग्निटी’ लाई मान्यता दिएको राज्य अरिगनमा औषधी सेवन गरि आत्महत्या गरेकी छिन् ।   मेनार्डसँग काम गरेको संस्था कम्प्यासन एण्ड च्वाइसले उनको मृत्यु पछि विज्ञप्ती जारि गर्दै उल्लेख गरेको छ – चाहे जसरी नै भएपनि उनले आफ्ना प्रियजनको हात समाएर मृत्युवरण गरेकी छिन् । विज्ञप्तीमा उल्लेख छ, ‘मानिस त्यो हो जसले जीवनको प्रशंसा गर्दै खुसी भएकालाई धन्यवाद भन्छन् । हामीले आफ्नो सोच परिवर्तन गर्न सके संसार नै परिवर्तन हुने गर्दछ ।’   मृत्युलाई अंगाल्नुपूर्व उनले आफ्नो फेसबुकमा लेखेकी छिन्, ‘मैले माया गर्ने मेरा सबै साथीभाइ र आफन्तसँग सदाको लागि बिदा लिन चाहन्छु । मैले आजको दिनलाई सम्मानपूर्वक मृत्युलाई अंगाल्ने दिनको रुपमा स्विकार गरेकी छु ।’   मृत्युवरण गर्नका लागि उनी आफ्ना श्रीमान, आमा र सौतेनी बुवासँग ओरेगन आएकी थिइन् ।   (एजेन्सी) - See more at: http://www.ratopati.com भिडियो तल छ

फेसबुकमा अश्लिल सन्देश पठाउने यसरि परे पक्राउ

१८ असोज, काठमाडौं । समाजिक सञ्जाल फेसबुकमा अश्लिल सन्देश पठाएको आरोपमा मंगल बहादुर तामाङ पक्राउ परेका छन् ।
उनले नक्कली फेसबुक प्रोफाइल बनाएर अश्लिल सन्देश पठाएर चरित्र हत्या गर्ने कार्य गरेको प्रहरीको अरोप छ ।
रामेछाप मन्थली ४ घर भई सिनामंगल बस्ने तामाङलाई बिद्युतिय कारोवार ऐन अन्तर्गत आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर पठाएको अपराध महाशाखाले जनाएको छ ।
www.onlinekhabar.com भिडियो तल छ

कसैको दवावले वेश्यावृत्तिमा लागेको होइन: श्वेता

वेश्यावृत्तिको आरोपमा पक्राउ परेकी बलिउड अभिनेत्री श्वेता बासुले वेश्यावृत्तिमा लाग्नका लागि आफूलाई कसैले पनि दवाव नदिएको बताएकी छिन्।'मलाई वेश्यावृत्ति धन्धामा कसैले पनि जर्बजस्ती दवाव दिएको होइन' प्रहरी हिरासतपछि २ महिना उद्धार केन्द्रमा बिताएकी श्वेताले आफू वेश्यावृत्ति क्षेत्रमा छिरेको स्वीकार भने गरेकी छिन्।

आफूलाई फिल्ममा कामको कामी भएर भने वेश्यावृत्तिमा नलागेको उनले बताएकी छिन्, र भनेकी छिन् 'मलाई फिल्ममा काम गर्ने अवसरको कुनै कमी थिएन, काम प्रशस्तै थियो, तर मलाई कसैले पनि जर्वजस्ती वेश्यावृत्तिमा लाग्नका लागि दवाव दिएको होइन।'

अहिले उनी आफ्नो जीवनलाई नयाँ शिराबाट जिउने प्रयत्न गरिरहेकी छिन्। हाल उनी हिन्दूतानी शास्त्रीय संगीतमा आधारित एउटा डकुमेन्ट्रीमा काम गरिरहेकी छिन्। आफू उद्धार केन्द्रमा रहँदा मिडियामा नानाथरी 'मसलेदार' कुराहरु छापिएको भन्दै उनले मौका मिलेमा त्यसको जवाफ फर्काउने पनि बताएकी छिन्। भिडियो हेर्न तल क्लिक गर्नुहोस http://edailynewsnepal.blogspot.co.il/

अमिताभकी पत्निले भनिन्- शाहरुखको फिल्म दशककै घटिया

बलिउडका बिग बी भनिने अमिताभ बच्चनकी पत्नि एवं बलिउड अभिनेत्री जया बच्चनले बलिउडका रेकर्ड ब्रेक गरिरहेको चलचित्र 'ह्याप्पी न्यू इयर' लाई दशककै सबैभन्दा घटिया चलचित्रको सज्ञा दिएकी छिन्
।   उनको यो अभिब्यक्तिले बलिउडमा हंगामा मच्चिएको छ । मुम्बइमा आयोजित एक कार्यक्रममा जयाले आफूले 'ह्याप्पी न्यू इयर' जस्तो काम नलाग्ने चलचित्र कहिल्यै नहेरेको टिप्पणी गरेकी हुन् ।   शाहरुख खान राम्रो अभिनेता भएपनि उनले यो स्तरको चलचित्रमा अभिनय गर्लान् भनेर कहिल्यै नसोंचेको समेत टिप्पणी गरेकी छिन् ।   एजेन्सी । - See more at: http://nepaliheadlines.com भिडियो हेर्न तल क्लिक गर्नुहोस :

सन्नीले आफ्नै ब्रा खोलेर लगाइन् टोपी (तस्विर सहित)

पूर्व पोर्नस्टार सन्नी लियोन बलिउडमा सबैभन्दा चर्चित अभिनेत्री बन्दै गएकी छिन् ।

उनले गरेका हरेक हर्कत मिडियामा समाचार बन्छन् । हालै मात्र उनले थाइल्याण्ड गएर हंगामा गरेकी थिइन् । उनले त्यहाँबाट सार्वजनिक गरेका तस्विरले उनी पुरानै पेशामा फर्किएको झल्को दिने थिए ।


उनले फेरि त्यस्तै हंगामा गरेकी छिन् । आफ्नो ब्रा खोलेर टोपी लगाएको तस्विर इन्स्टाग्राममा सार्वजनिक गरेर सन्नीले हलचल ल्याएकी हुन् ।


उनले यस्को भिडियो समेत सार्वजनिक गरेकी छिन् ।
nepaliheadlines.com

सलमान-ऐश्‍वर्या सम्झाउँदै सन्‍नी

मुम्बई : एकपछि अर्को गर्दै बलिउडमा आफ्नो पहिचान स्थापित गरेकी पोर्न स्टार सन्नी लियोनका कारण अहिले सलमान खान र ऐश्वर्या रायको प्रेमसम्बन्धको चर्चा हुन थालेको छ। सन्‍नीले आफ्नो नयाँ चलचित्र 'लीला' मा 'ढोली तारो ढोल बाजे' बोलका गीतमा नृत्य गर्ने भएकी छन्। उनी अहिले यो गीतको रिहर्सलमा व्यस्त रहेको बताइएको छ।

यो गीत सलमान खान र ऐश्वर्या राय अभिनीत चर्चित चलचित्र 'हम दिल दे चुके सनम'को हो। जसलाई चलचित्र 'लीला'मा समेटिने भएपछि सलमान र ऐश्वर्याको सेलाएको प्रेमप्रसंग पुन: चर्चामा आएको हो। तर यो गीत लीला चलचित्रका लागि पुन: रेकर्ड गर्नुका साथै संगीतमा पनि केही परिवर्तन गरिएको बताइएको छ। गीतमा सन्नीले परम्परागत पहिरन लगाउने भएकी छन्।

'हम दिल दे चुके सनम'मा सलमान र ऐश्वर्याका लागि वैभवी मर्चेन्ट, सामी र अर्स तन्नाले कोरियोग्राफी गरेका थिए। उनीहरूले त्यसबेला उक्त कोरियोग्राफीबाट राष्ट्रिय पुरस्कारसमेत पाएका थिए। सन्नीका लागि भने अहमद खानको कोरियोग्राफी रहने भएको छ। एजेन्सी
annapurnapost.com

छाला सुन्दर र आकर्षक बनाउने १० खानेकुरा (फोटो फिचर)

मानिस आकर्षक बन्न चाहन्छ । छालाले नै मानिसलाई सबैभन्दा आकर्षक सुन्दर देखाउँछ । 
Wonderful-Foods-That-Will-Give-You-Great-Skin1
त्यसपछि सुन्दर देखिनका लागि समग्र स्वास्थ्य शरीर आवश्यक छ । हाम्रो शरीरमा हरेक दिन खपत हुने खाद्य पदार्थले आफ्नो छालाको स्वास्थ्य साथै आफ्नो समग्र स्वास्थ्यमा महत्वपूर्ण भूमिका खेल्छन् । आजकल स्वादिलो र स्वस्थ दुबै गुण भएको खाद्य पदार्थ  चयन गर्न गाह्रो हुन्छ । हामी यहाँ तपाईलाई जानकारी दिँदैछौं  छाला स्वस्थ र जवान राख्न मदत गर्नेछ १० खाद्य पदार्थहरुको बारेमा । 
१. सन बीउ
Flax-seeds
सन बीउले तपाईको छालामा दाग आउनबाट रोक्छ र आउको दागलाई नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्छ । एक अध्ययनका अनुसार सन बीउको तेल हरेक दिन सेवन गर्दा छालालाई ताजा र नरम बनाउँछ ।
२. बैजनी र निलो फल
Purple-and-blue-fruits
बैजनी र निलो फल राम्रो र आकर्षक छाला बनाउनका लागि राम्रो खाद्य पदार्थ मानिन्छ । ब्लू बैरी, ब्ल्याक बेरी र प्लमहरु नियमित सेवन गर्ने मानिसको अनुहार र छाला चम्किलो र आकर्षक हुने गर्छ ।
३. सूर्यमुखी बीउ
Sunflower-seeds
सूर्यमुखी बीउमा भिटामिन ई पाइन्छ । यसले दैनिक सूर्य को किरण पाइराखेको हुनाले सुर्यमुखीको बिउले र बिउको तेलले तपाई छालालाई आकर्षक र तेज बनाउँछ ।
४. चकलेट
Chocolate
चकलेट धेरै मानिसले मन पराउछन् । चकलेट तपाईंको छाला को लागि पनि एकदमे राम्रो मानिन्छ । नियमित चकलेट खाने मानिसले राम्रो सँग दाँतको सरसफाइमा ध्यान नदिए दाँतको रोग लाग्न सक्छ यद्यपी चकलेटले नियमित सेवनले तपाई अनुहार चम्किलो बनाउछ ।
५. आलु
Sweet-potatoes
आलु पनि छाला आकर्षक बनाउनका लागि राम्रो खाद्य पर्दाथ हो । आलको नियमित सेवनले छालालाई कोमल र चिल्लो राख्छ ।
६. टमाटर
Tomatoes
टमाटर हामी तरकारी प्राय प्रयोग गरिरहेका हुन्छौँ । यद्यपी नियमित टमाटरको स्लाद खाँदा अनुहार शरीरको छालामा चाउरीपना आउनबाट जोगाउँछ र छालालाई आकर्ष बनाउँछ । 
७.  दही
Yogurt

नियमित दही प्रयोग गर्नेको छाला पनि आकषृक देखिने गर्छ । नियमित दहीको सेवनले दही छालाई पाेषिलो बनाउँछ ।
८. रातो घण्टी खुर्सानी
Red-bell-peppers
रातो घण्टी खुसानीको तरकारी अथवा स्लाद जे खाए पनि छालाका लागि एकदमै फाइदाजनक छ । एउटा रातो घण्टी खुर्सानी नियममित खाँदा दैनिक भिटामिन सीको आवश्यकता परिपुर्ति हुन्छ र तपाई छालालाई सुन्दर बनाउन मदत गर्छ ।
९. सामन
Salmon
सामन मानिसको छाला लगायत मस्तिष्क, मुटु, हड्डी र पेटलाइृ स्वस्थ्य राख्न मदत गर्छ । यसको नियमित सेवनले पेटको क्यान्सर, हड्डी रोग र हृदय रोगबाट जोगिन सकिन्छ । यसले छालालाइृ जवान राख्न पनि ठुलो मद्दत गर्छ साथै महिलाकोे कपाल झर्ने समस्याबाट जोजिन सक्छ ।

१०. पालुङ्गो

Spinach
पालुङ्गोलाइ नियमित भोजनमा समाबेश गर्न सके छालालाई राम्रो बनाइराख्न एकदमै ठुलो सहयोग गर्छ । यसले छालामा लाग्ने बिभिन्न किसिमका रागहरुलाई समेत नियन्त्रण गर्ने गर्छ । यसले छालाई सफा समेत राख्ने गर्छ ।
: http://nepaliheadlines.com