विराटनगर: प्रहरीले पक्राउ गरेर हिरासतमा राखेका थुनुवाको मृत्यु भएपछि शनिबार विहानै देखि मोरङको सिजुवा तनावग्रस्त बनेको छ ।
मदिरा सेवन गरेको आरोपमा शुक्रबार बेलुका साढे ४ बजे पक्राउ परेका सिजुवा ३ का चिया व्यापारी ६० बर्षीय मधु ताजपुरियाको शुक्रबार साँझ ७ बजे मृत्यु भएको थियो ।
प्रहरीको कुटाईबाट ताजपुरियाको मृत्यु भएको भन्दै मृतकका आफन्त विरोधमा उत्र्रिएपछि शुक्रबार विहानैबाट तनाव सृजना भएको थियो । घटनाको विरोधमा उत्र्रिएकाहरु र प्रहरी विच पटक पटक दोहोरो झडप समेत भएको थियो ।
प्रहरीको लाट्ठी प्रहारबाट आठ जना स्थानीयलाई चोट लागेको छ भने स्थानीयको ढुँगा प्रहारबाट तीन जना प्रहरीलाई सामान्य चोटपटक लागेको छ । घटनाको विरोधमा उत्र्रिएका स्थानीय बासिन्दाले ना ४ ख ६८१ नम्वरको यात्रुबहाक बस तोडफोड समेत गरेका छन् ।
स्थितीलाई नियन्त्रणमा लिनका लागि छ सेल अंशुग्याँस र पाँच राउण्ड हवाई फायर गरिएको मोरङ प्रहरीले जनाएको छ । स्थितीलाई नियन्त्रणमा लिन डीएसपी जगन्नाथ गौतमाको नेत्रृत्वमा प्रहरी परिचालन गरिएको छ ।
नियन्त्रण बाहिर स्थिती जाने अवस्थामा पुगेपछि थप मद्धतका लागि जिल्ला प्रहरी कार्यालय मोरङ तथा इलाका प्रहरी कार्यालय उर्लावारी र रंगेलीबाट प्रहरी सिजुवा लगिएको थियो । ओम शान्तीले आयोजना गरेको कार्यकं्रममा मदिरा सेवन गरेका ताजपुरिया पुगेर होहल्ला गर्न थालेपछि उनलाई कार्यक्रम स्थलबाट बाहिर निकाल्न आयोजकले प्रहरीको सहायता मागेको थियो ।
प्रहरीले उनलाई कार्यक्रम स्थलबाट नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय सिजुवाको हिरासतमा राखेको थियो । अत्यधिक मदिरा सेवन गरेका ताजपुरिया पक्राउ परेको केही बेरमा नै बेहोस भएको र उपचारका लागि कोशी अञ्चल अस्पताल लैजाने क्रममा बाटो मै मृत्यु भएको दावी प्रहरीले गरेको छ ।
‘बेहोस भएपछि उनलाई उपचारका लागि विराटनगर ल्याइँदै थियो’, मोरङ प्रहरी प्रमुख एसपी ठूले राईले भने, ‘उपचारका लागि ल्याउने क्रममा बाटो मै उनको मृत्यु भएको हो ।’
प्रहरीले कोशी अञ्चल अस्पतालमा लासको पोष्टमार्टम गरेर शुक्रबार राती नै लास आफन्तलाई जिम्मा दिएको थियो । सिजुवा ३ स्थित घरमा प्रहरीले लास जिम्मा दिएपछि आफन्त र स्थानीय बासिन्दा रातीदेखिनै आक्रोसित बनेका थिए । उनीहरुले प्रहरीले कुटेर उनको हत्या गरेको दावी गर्दै आएका छन् ।
स्थानीय राम भट्राईले मृत्यु भएपछि मात्र प्रहरीले आफन्तलाई जानकारी गराएका कारण यो घटना केही रहस्यमय र प्रहरीको कमजोरी रहेको उल्लेख गरे । आफन्तलाई जानकारी नदिइकन प्रहरीले अस्पतालबाट लास पोष्टमार्टम गरेर घरमा ल्याइ पु¥याएको भट्राईको भनाइ छ । आफन्त र स्थानीय ताजपुरियाको लास लिएर इलाका प्रहरी कार्यालय घेराउ गर्न शनिबार विहानै आएका थिए ।
त्यही विषयलाई लिएर प्रहरी र स्थानीय विच घम्साघम्सी हुँदा स्थिती तनावपूर्ण बनेको हो । ‘हामी मृत्यु हुनुको कारण खोज्नका लागि प्रहरी कार्यालयमा पुगेका थियौं’, भट्राईले भने, ‘प्रहरीले एक्कासी लाट्ठी प्रहार गर्न थाल्यो, यो ज्यादती र दमन हो ।’ प्रहरीले लाट्ठी जार्च गर्न थालेपछि स्थानीयले पनि ढुँगामुडा गरेको उनको दावी छ । अहिले पनि सिजुवा बजारको विच चौकमा ताजपुरियाको लास रहेको र कसैले पनि नउठाएको भट्राईले बताए ।
स्थानीय बासिन्दा इलाका प्रहरी कार्यालय सिजुवाको नेत्रृत्व गर्ने प्रहरी निरीक्षक बाबुराम पोखरेलमाथि कारवाही हुनु पर्ने, घटनाको सत्यतथ्य छानाविन हुनु पर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिनु पर्ने माग गर्दैै विरोधमा उत्र्रिएका थिए । थप मद्धतका लागि घटना स्थलमा बाहिरबाट प्रहरी लगिएपछि स्थितीलाई प्रहरीले नियन्त्रणमा लिन सकेको थियो । अहिले आन्दोलनकारी केही पर हटेका छन् । स्थिती सामान्य बन्दै गएको दावी प्रहरीले गरेको छ ।
घटनालाई साम्य बनाउनका लागि स्थानीय बासिन्दा संग छलफल र बार्ताको तयारी भइरहेको एसपी राईले जनाए । ‘घटनाका विषयमा हामीले छलफल गरेर निस्कर्षमा पुग्नु पर्छ भनेका छौ’, एसपी राईले भने, ‘उताबाट पनि सकारात्मक कुरा आएको छ ।’ तर स्थानीय बासिन्दाले मानव अधिकारकर्मीहरु सहितको बार्ता गर्नु पर्ने अडान लिंदै आएका छन् । एसपी राईले घटनाको छानविन गरिने र प्रहरी दोषी देखिए घटनामा संलग्नलाई कारवाही गरिने बताए ।
annapurnapost.com

