मुम्बई, कार्तिक ८ - शाहरुख खानको ह्याप्पी न्यू इयर पहिलो दिन सबैभन्दा धेरै आम्दानी गर्ने बलिउड फिल्म बनेको छ । दीपिका र शाहरुख जोडीलाई फेरि एक पटक दर्शकको पत्याएका छन् । फिल्मको पहिलो दिनको कमाई ३८ देखि ४० करोड रुपैयाँ रहेको अनुमान गरिएको छ ।
यसअघि पहिलो दिन सबैभन्दा धेरै कमाउने फिल्म आमिर खानको धुम ३ को नाममा थियो । जसले रिलिजको पहिलो दिन ३२ करोड कमाएको थियो ।
बिदाको अवसर पारेर शुक्रबार रिलिज भएको फिल्मको पहिलो दिन अधिकांश हलमा ८० प्रतिशत अकुपेन्सी रहेको बताइएको छ ।
आमिर खानको थ्री इटियट्सबाट सुरु भएको बलिउडका तीन खान साहरुख, आमिर र सलमानबीचको प्रतिस्पर्धालाई फिल्मको कमाईसँग तुलना तुलना गरिन्छ । थ्री इडियट्सपछि सलमानको दबंग, एक था टाईगर र साहरुख खानको चेन्नई एक्सप्रेस बढी कमाई गर्ने फिल्म बन्यो । अघिल्लो बर्ष फेरि आमिरले धुम ३ बाट आफूलाई सबैभन्दा बिकाउ नायकको रुपमा उभ्याएका थिए ।
यअसघि साहरुख र दीपिकालाई नै लिएर मै हु ना हु र ओम शान्ति ओम बनाएकी निर्देशक फराह खानले ह्याप्पी न्यू इयरको निर्देशन गरेकी हुन् । हिरा चोर्ने उद्देश्यले डान्स कम्पिटिसनमा सामेल समूहको बारेमा फिल्म घुमेको छ ।
फिल्ममा अभिषेक बच्चन, ओमन इरानी, सोनु सोदको पनि अभिनय छ ।http://www.ekantipur.com/

