Friday, October 17, 2014

मलेसियामा गर्भपतन गराउने नेपाली चेलीलार्इ १० वर्ष जेल

३१ असोज,  मलेसिया । गर्भपतन गराएको अभियोगमा एक नेपाली महिलालाई मलेसियाको अदालतले १० बर्ष कैदको सजायँ सुनाएको छ । रोजगारीको सिलसिलामा मलेसिया पुगेकी नेपाली चेलीले असावधानीवस रहन गएको गर्भ पतन गराउँदा यस्तो कठोर सजायँ भोग्नुपरेको हो । तामान सिकुस्थित एक पोलक्लिनिकमा
गर्भको बच्चा मारेको अभियोगमा २४ बर्षीया निर्मला थापालाई ९ अक्टोबर दिउँसो ३ बजे प्रहरीले रंगेहाते पक्राउ गरेको बताएको छ । सोमबार यस्तो सजायँ पाएकी थापाले मलेसियन भाषामा लेखिएको सजायँ आफूले नबुझेको बताइन् । स्थानीय अदालतका न्यायाधीश मुसिरी पीटले उक्त सजायँ नबुझ्ने भाषामा भएपछि नेपाली द्वोभाषे सहित १२ नोभेम्बरमा निर्णय पुनर्बिचारका लागि मौका दिएको स्थानीय संचार माध्यमहरुले जनाएका छन् । मलेसियाको कानुन अनुसार भरखर जन्मिएको बच्चा वा जन्माउनुअघिको बच्चा मारेमा १० बर्षसम्म कैदको ब्यवस्था छ । पेनाङ्ग राज्यको एक फ्याक्ट्रीमा कार्यरत थापाले कसको गर्भ हो भन्ने स्पष्ट नखुलाएको प्रहरीको भनाइ छ । मलेसियामा महिला वा पुरुष दुबैको सहमतिमा यौनसम्बन्ध राख्दा गर्भ रहन गई हजारौं महिलाहरुले पीडा भोग्नुपरेको एक श्रोतले बताएको छ । श्रोतका अनुसार मलेसियामा कार्यरत प्रवासी महिलाहरुलाई यो पीडाले बढि सताउने गरेको छ । यहाँ दिनहुँ यस्ता समस्या समाधानका लागि गर्भ तुहाउने औषधिको खोजीमा गर्ने या लुकीछिपी गर्भपतन गराउने महिलाहरु मेडिकलमा धाउने गरेको बताइन्छ। www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस