लागूऔषध कारोबारको आरोपमा पक्राउ परेका पूर्वयुवराज पारस शाह एक सातामा हिरासतबाट मुक्त भएका छन्। थाइल्यान्डस्थित उच्च स्रोतका अनुसार उनलाई बुधबार थाइल्यान्डको समयअनुसार साँझ ५ बजे जमानतमा रिहा गरिएको हो । स्रोतका अनुसार करिब १० लाख भाट तिरेर उनी रिहा भएका हुन्।
अघिल्लो बुधबार पारसलाई थाई प्रहरीले अवैध लागूऔषध ५ दशमलव ८ ग्राम आईसीई भेनम र ९ ग्राम गाँजासहित पक्राउ गरेको थियो। उनको साथबाट पार्सलका लागि प्याकिङ गर्ने साइजमा पोका बरामद गरिएको थियो। पारस रिहा भएको खबरलाई वकिल साक्छाईले अति गोप्य राखेका थिए। पारस पक्राउ भएको विषयमा नेपालमा बढी अफवाह फैलिएका कारण पूर्वराजपरिवारका सदस्यले समेत घटनालाई गोप्य राखिदिन अनुरोध गरेका कारण वकिल साक्छाईले पारस रिहा भएको विषयलाई अति गोप्य राखेका हुन्।
आजको नेपाल समाचारपत्र लेख्छ, लुङखाई प्रहरीले १२ दिनभित्र पारसलाई तारिखमा छाडेको छ। थाइल्यान्ड सरकारले समेत पूर्वयुवराज पक्राउ भएको घटनालाई विशेष चासो देखाएको छ। अब उपस्थित हुँदा उनको मुद्दा खारेज गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :

