Monday, October 27, 2014

डिभिजन थ्री क्रिकेटः नेपाल अमेरिकाविरुद्ध बलिङ गर्दै

काठमाडौं, कात्तिक १० – मलेसियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तर्गत आफ्नो चौथो खेलमा आज नेपालले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ । क्वालालाम्पुरको किनरारा ओभल मैदानमा 
अमेरिकाले टस जितेर अमेरिकाले पहिले ब्याटिङ गरिरहेको छ । यसअघि युगाण्डालाई पहिलो खेलमा युगाण्डासंग २० रनले हारेपनि दोश्रो खेलमा बर्मुडालाई ६ विकेटले हराउन सफल नेपालले तेस्रो खेलमा हिजो सिंगापुरलाई हराएको थियो । २ खेल जितेको नेपाल अंक तालिकाको दोश्रो स्थानमा छ । अमेरिकाले ३ खेलमा १ खेल मात्र जितेको छ । नेपालले अमेरिकालाई हराउन सके डिभिजन टूमा बढुवा हुने संभावना बलियो हुने छ । प्रतियोगिताको शीर्ष २ मा अटाउने टोली डिभिजन टूमा बढुवा हुनेछन् । www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस