Monday, October 27, 2014

प्रेमिकाकै षड्यन्त्रका कारण पक्राउ परेको अनुमान : पारस

काठमाडौं, कात्तिक १०– पूर्वराजा ज्ञानेन्द्रका परिवारले पूर्वयुवराज पारस शाहलाई नेपालमा नल्याई थाइल्यान्डको राजधानी बैंकको पुनःस्थापना केन्द्र (सुधार गृह) मा राख्ने गृहकार्य अघि बढाएको छ । थाई अदालतमा १० लाख भाट धरौटी राखी केही दिनअघि मात्र प्रहरी हिरासतबाट मुक्त भएका पारसलाई उपचारका
लागि बैंककमै पुनःस्थापना केन्द्रमा राख्ने निष्कर्षमा निर्मल निवास पुगेको हो । अवैध लागूऔषध सेवन गरेको अभियोगमा गत महिना उनी थाइल्यान्डको रुङखाईमा पक्राउ परेका थिए । नेपालमा ल्याउँदा उनी फेरि दुव्र्यसनमा फस्न सक्ने भएकोले भाइल्यान्डमै पुनःस्थापना केन्द्रमा राख्ने तयारी परिवारले गरेको हो । पारसलाई तत्काल नेपाल ल्याउने सोच ज्ञानेन्द्र परिवारले त्यागिसकेको छ । उनलाई भेट्न जाने सोच पनि पूर्वयुवराज्ञी हिमानी र पूर्वराजकुमारी प्रेरणाले त्यागिसकेकी छन् । सुधार केन्द्रमा राखेपछि मात्र हिमानी र प्रेरणा बैंकक जाने भएका छन् ।   यता, पारसकी प्रेमिका अझैसम्म उनको सम्पर्कमा आएकी छैनन् । आफु पक्राउ पर्नुमा प्रेमिकाकै षड्यन्त्र भएको अनुमान पारसले गरेका छन् । प्रेमिकासहित उनको सम्बन्ध पूर्ण रुपमा टुटिसकेको छ । प्रेमिकासँग उनको सम्बन्ध टुटेपछि पारस अब सजिलै नेपाल फर्कने अनुमान परिवारले गरेको छ । आजको राजधानी दैनिकमा खबर छापिएको छ ।www.ratopati.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस