Friday, October 17, 2014

यी ६ प्रकारका पुरुष धोकेवाज हुन्छन्

मानिसहरु सम्बन्धमा आएपछि मात्र चिनिन्छ । सामान्य चिनजान वा सामाजिक सञ्जालका कुराकानीकै भरमा मान्छे चिन्न गाह्रो हुन्छ ।
कुन मान्छे सज्जन छ र कुन मान्छे गलत नियतको भन्ने कुरा बुझ्न निक्कै कठिन छ । यहाँ धोकेबाझ प्रकृतिका पुरुषका प्रकारबारे चर्चा गरिएको छ ।

१ आमासँग सम्बन्ध राम्रो नहुने
कुनै पनि पुरुषको सम्बन्ध आमासँग राम्रो छैन भने बुझ्नुस् त्यस्तो ब्यक्ति विश्वसनीय हुँदैन । यस्ता ब्यक्तिलले धोका दिन कत्ति बेर लाउँदैनन् । यस्ता ब्यक्तिले स्त्रीलाई सम्मान गर्न जान्दैनन् नत सम्मान गरेको नै बुझ्छन् ।


२ रहस्यमयी ब्यक्ति
यदि सबै कुरा आफूसँग गुपचुप राख्छ र सामान्य कुरा पनि भन्दैन भने त्यस्तो पुरुषसँग सचेत रहनुस् । यस्ता ब्यक्तिले तपाइँलाई कतिबेला लात हान्छन् चाल नै पाउनु हुन्न । यस्ता ब्यक्तिहरुको मोबाइल हतपति कसैले चलाउन पाउँदैन हेरी हाले पनि अधिकाँश समय मोबाइलको इनबक्स खाली हुन्छ । यस्ता ब्यक्ति राम्रो श्रोता त हुन्छन् तर आफ्नो केही भन्दैनन् ।

३ प्रेम होइन शारीरिकता
स्त्रीसँग सहजै नजिकिने र शारीरिक सम्बन्ध राख्न पनि माहिर तर प्रेमको कुरा आउने वित्तिकै उनीहरु पन्छिन्छन् । यस्ता पुरुष धोकेबाझ हुन्छन् ।

४ अन्तिम समयमा आएर बाहाना
कुनै पनि पुरुषले अन्तिम समयमा आएर बहाना बनाउँछ र भेटघाट वा सेट भैसकेका कुरा समेत स्थगित गर्छ भने बुझ्नुस् उ विश्वास गर्न लायक छैन । यस्ता ब्यक्तिले राम्रो विकल्प भेट्ने वित्तिकै तपाइँलाई लात हान्छन् ।


५ चाहिने भन्दा बढी चासो
तपाइँका हरेक गतिविधीमा हरेक समय चासो राख्ने र तपाइँलाई नियन्त्रण गर्न खोज्ने पुरुषले तपाइँलाई कुन बेला छोड्छन् थाहा हुँदैन । यस्ता ब्यक्तिले आफू कहाँ गएको र के गरेको भन्दैनन् तर अरुले कहाँ गयो के गर्‍यो खुव चासो राख्छन् ।

६ हरेक कुरा गोप्य
जुन पुरुषले हरेक कुरा गोप्य राख्छ र सम्बन्धको विषयमा समेत कसैलाई भन्दैन त्यस्ताले धोका दिन आइतबार कुर्दैनन् । यस्ता ब्यक्तिका स्त्रीसँग एकैपठक सम्बन्ध पनि हुन सक्छ । उनीहरुले जुनसुकै केटीसँग पनि फ्लर्ट गर्छन् ।
www.nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस