Friday, October 17, 2014

कांग्रेस र एमालेले अब्ठेरो बाटो समातेपछि शिर्ष नेताको बैठक सकियो

काठमाडौं,असोज ३१ –तिन दलका शिर्ष नेताको बैठक भर्खरै सिंहदरवारमा सकिएको छ । संविधानका असहमतीका बुँदामा सहमती जुटाउन बसेको बैठकले सहमती भने जुटाउन सकेन । बैठकले संविधानको
असहमतीका विषय ‘छलफलमै छौं’ भनेर प्रतिवेदन वुझाउने निर्णय गरेको छ । बैठकमा सहभागी एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठका अनुसार माओवादीले हदैसम्मको लचकता अपनाएपनि कांग्रेसले भने निर्वाचनको घोषणापत्र बाट टसमस गरेन । उनका अनुसार एमालले लचिलो बन्ने भन्दै झन अब्ठेरा बाटो समातेपछि ‘सहमती नभएको प्रतिवेदन बुझाउने’ सहमती गर्दै बैठक सकिएको थियो । बैठक बोलाएको समयमा नेताहरु उपस्थित नभएपछी ‘म सामान्य’ मान्छे भन्दै नारायणकाजी ले निकै भावनात्मक अभिब्यक्ति दिए । बैठक हलमा के भने नरायण काजीले रु उनको भनाई जस्ताको तस्तै : ‘यहाँहरु ठुला–ठुला राजनितीज्ञ नेता हुनुहुन्छ । यहाँहरुले राष्ट्र निर्माणको महत्वकांक्षा पाल्नुभएको छ । देशलाई हाँक्छु पनि भन्नुभएको छ । तपाईजस्ता महत्वपुर्ण नेतासँगै बसेर म एक सामान्य मान्छेले पनि छलफल गर्न पाउनु सौभाग्यको कुरा हो । यहाँहरुलाई मेरो एउटा सानो निवेदन छ, के यहाँहरुले समय पालना गर्नुभयो रु बैठकमा समयमै आउनुभयो रु समयमै छलफल गरेर काम फत्ते गुर्नभयो रु दुर दृष्टि र ब्यवहार अपानाउनुभएको भए तपाईहरुको महानता देखिन्थ्यो । www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस