उत्कृष्ट काम गर्ने प्रहरीलाई प्रहरी दिवसमा पुरस्कृत गरिन्छ । यो वर्षपनि विभिन्न प्रहरी पुरस्कृत हुदैछन् । यसवर्षको प्रहरी ब्याटन पुरस्कार पश्चिमांचल प्रहरी क्षेत्रीय कार्यालयका डिआईजी बम बहादुर भण्डारीले पाएका छन् । सो ब्याचका नवराज सिलवाल, प्रकाश अर्याल, जय बहादुर चन्द पुरस्कारको प्रतिस्पर्धामा भएपनि ब्याचमा चौथो नम्बरमा डिआईजीमा बढुवा भएपछि अरु तिन डिआईजी हेरेको हेरै भएका छन् । एआईजी राजेन्द्रसिंह भण्डारीको सिफारीसमा डिआईजी भण्डारीलाई उक्त पुरस्कार दिने निर्णय भएको हो ।
त्यस्तै यो वर्षको उत्कृष्ट अनुसन्धानकर्ताको पुरस्कार सिआईबीमा कार्यरत सई दीपेन्द्र अधिकारीले पाएका छन् । महानगरीय प्रहरी अपराध महाशाखा र सिआईबीमा बसेर हाइप्रोफाइल अपराधको अनुसन्धान गरेका उनलाई यस्तो पुरस्कार दिन लागिएको छ । राम्रो कामस“गै आईजीपी उपेन्द्रकान्त अर्यालस“ग राम्रो सम्बन्ध भएकाले उनले उक्त पुरस्कार पाएका हुन् । सई अधिकारी काम गर्न र पैसा कमाउन दुवैमा माहिर मानिन्छन् ।
त्यस्तै डन दिनेश अधिकारी चरीको इन्काउन्टर गर्ने प्रहरी अधिकारीहरु समेत पुरस्कृत हुने भएका छन् । चरी इन्काउन्टरमा प्रमुख भूमिका खेल्न अपराध महाशाखाकी डिएसपी मिरा चौधरीलाई प्रहरी दिवसमा पुरस्कृत गर्न लागिएको छ । भिडियो हेर्न तल क्लिक गर्नुहोस :

