Monday, October 27, 2014

सलमान र आमिर खानलाई एकै पटक पछारे शाहरुखले

शाहरुख बने साँच्चिकै डन । आमिर र सलमानलाई एकै पटक पछारे
अव के गर्लान सलमान र आमिर





शाहरुख खानको पछिल्लो चलचित्र 'ह्याप्पी न्यू इयर' ले बलिउड बक्स अफिसमा सबैजसो रेकर्ड तोड्ने संकेत गरेको छ । रिलिज भएकै दिन ओपनिङ रेकर्ड तोडेर नयाँ किर्तिमान बनाउन सफल भएको 'ह्याप्पी न्यू इयर'ले निरन्तर नयाँ रेकर्ड कायम गरिरहेको छ ।


रिलिज भएकै दिन ४४ दशमलव ९७ करोड भारु कमाएको 'ह्याप्पी न्यू इयर' पहिलो दिनमा यति कमाइ गर्ने पहिलो चलचित्र हो । यस अघि आमिर खानको धूम 3 र सलमानको किक ओपनिङ डेमा सबैभन्दा बढी कमाउने फिल्म रहेका थिए ।

'ह्याप्पी न्यू इयर' हिट हुनुको मुख्य कारण यसको रिलिज गर्ने समय तिहारको समय परेका कारण पनि भएको विश्लेषकहरुले बताएका छन् ।
'ह्याप्पी न्यू इयर'ले दोश्रो दिन ३५ करोड भारु भन्दा बढी कमाएको छ । सबैभन्दा छिटो ८० करोड कमाउने किर्तिमान पनि यो चलचित्रले कायम गरेको छ ।

तेश्रो दिन सम्म आइपुग्दा 'ह्याप्पी न्यू इयर' को आँकडा १०० करोड क्लवमा परिसकेको छ । शुक्रबार सम्म 'ह्याप्पी न्यू इयर' २०० करोडको क्लवमा प्रवेश गर्न सक्ने अनुमान गरिएको छ ।

शाहरुखको चलचित्रले हंगामा पिटेपछि आमिर खानको अव आउने चलचित्र पीकेलाई चुनौती थपिएको छ ।


nepaliheadlines.com भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस