केही टिप्स -
हरेक दिन दूधसँगै कुरिलोसमेत सेवन गर्नुहोस् ।
दूधलाई पर्याप्त उमालेर मात्र पिउनुहोस् । दूधमा चिनी मिसाएर खानु अझै लाभदायी मानिन्छ ।
केरा र सुन्तला नियमित सेवन गर्नुहोस् ।
घिउ, मखन, हरियो तरकारी, फलफूल तथा बदामको नियमित सेवन गर्नुहोस् । यसबाट प्रोटिन पर्याप्त मात्रामा प्राप्त हुन्छ, जसले शुक्राणु वृद्धिमा सहयोग पुर्याउँछ ।
हरेक दिन एक गिलास गाजरको जुस वा चार–पाँचवटा गाजर खानुहोस् ।
बदाम र नरिवलको सेवनले पनि यौनिक क्षमतामा वृद्धि गर्छ ।
पालुंगो, काउलीजस्ता तरकारीको सेवन नियमित रूपमा गर्नुहोस् ।
रक्सी तथा चुरोटको सेवन नगर्नुहोस् ।
अश्वगन्धारिष्ट नामक आयुर्वेदिक औषधिको सेवन पनि लाभदायी मानिन्छ ।
नियमित व्यायाम तथा तनावबाट मुक्त रहनु पनि यौनजीवनलाई सुखी बनाउने एक अचूक अस्त्र हो ।