Sunday, October 19, 2014

छोरीलाई बलात्कार गर्ने प्रहरी खोरमा

झापा :  पत्नी वैदेशिक रोजगारीमा रहेका बेला छोरीलाई बलात्कार गर्ने झापाका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हल्दीवारी गाविस–७ निवासी ४० वर्षीय भैरव सोरेन रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । २० महिनाअघि सोरेनकी पत्नी वैदेशिक रोजगारीको सिलसिलामा कुवेत गएपछि उनले १० वर्षीया छोरीलाई पटकपटक बलात्कार गर्ने गरेको उजुरी परेपछि सोरेनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोख्रेलले जानकारी दिए ।

सोरेनले गत असोज १४ गते र १६ गते कान्छी छोरीलाई बलात्कार गरेको पीडितकी दिदीले देखेपछि प्रहरीलाई खबर गरेकी थिइन् । पीडित बालिकाको मेची अञ्चल अस्पताल भद्रपुरमा स्वास्थ्य परीक्षण गरिएको प्रहरीले जनाएको छ । रासस
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस