Sunday, October 19, 2014

पुरुषसँग गागाको खराब अनुभव

हलिउड : विश्वविख्यात अमेरिकी पपगायिका लेडी गागा गायनमा जति लोकप्रिय छिन्, त्योभन्दा धेरै चर्चित छिन्- आफ्नो हाउभाउ र अन्य गतिविधिले। उनको अचम्मको पहिरन र कपालको शैलीको विश्वभर चर्चा हुने गर्छ। ग्ल्यामरस र सेक्सी छवि, प्रेम अनि रोमान्समा त उनी माहिर नै मानिन्छिन्।

त्यसैले धेरैलाई लाग्ला, पुरुषसँग गागाको सम्बन्ध रोमाञ्चक होला। तर, गागालाई त्यस्तो लाग्दैन। पुरुषसँग उनको सम्बन्ध र अनुभव खराब छ।हालै एक वेबसाइटसँग कुरा गर्दै उनले यस्तो खुलासा गरेकी हुन्। 'मेरो करिअरको सुरुआतमै धेरै केटाले फाइदा उठाउन खोजेका थिए।

मलाई काम सिकाउने बहानामा शोषण गर्न चाहेका थिए', उनले भनेकी छन्। यस क्षेत्रमा लागेर करिअर बनाउन चाहनेलाई सावधान रहन सुझाव दिँदै उनले यस्तो बताएकी हुन्।

कुराकानीका क्रममा गागाले आफ्नो जीवनमा कतिपय अप्रिय घटना भएको पनि बताएकी छन्। उनका अनुसार आफ्नो जवानी देखेर पुरुषहरूले असहज वातावरण खडा गर्ने गर्थे। प्रयोग गर्न खोज्थे। त्यस बेला उनलाई आफ्नो गायन प्रतिभाप्रति नै वितृष्णा जाग्ने गर्थ्‍यो।

करिअरको सुरुआतदेखि प्रेम र रोमान्सका अनेक चरणमा पुरुषको यस्तै खाले दुस्साहस र हर्कतका कारण खराब अनुभव रहेको उनले स्पष्ट पारेकी छन्। एजेन्सीविवाहको तयारीमा रणवीर र कट्रिनामुम्बई : बलिउडका चर्चित प्रेमजोडी रणवीर कपुर र कट्रिना कैफबीच विवाहको चर्चा चलेको छ।

अहिले 'लिभ-इन-टुगेदर' मा रहेका उनीहरू एकअर्काप्रति गम्भीर देखिन थालेको बताइएको छ। दीपिका पादुकोणेबाट अलग्गिएका रणवीर र सलमान खानबाट टाढिएकी कट्रिना एकआपसमा नजिक भएदेखि नै उनीहरूको चर्चा चुलिएको हो।

स्रोतका अनुसार आफुहरूबीचको सम्बन्धलाई सदाका लागि अगाडि लैजाने सोचमा उनीहरू पुगिसकेका छन्। कपुर खानदानमा पनि कट्रिना र रणवीरको विवाहको कुरा चलिरहेको र सन् २०१५ को फेब्रुअरीमा विवाह हुनसक्ने बताइएको छ।

यसअघि नै उनीहरूबीच इन्गेजमेन्ट भइसकेको भनिए पनि यसको आधिकारिक पुष्टि भने भएको छैन। तर, पछिल्लो समय कट्रिना र रणवीरले एकअर्काको खुलेर प्रशंसा गर्न थालेका छन्। 'मेरो जीवनमा रणवीरको महत्त्वपूर्ण भूमिका छ', केही समयअघि कट्रिनाले भनेकी छन्। एजेन्सी
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस