Sunday, October 26, 2014

उमेरले ३० नकटदै मृगौला खराव हुनसक्छ

शरीरभित्रका हानिकारक पदार्थ बाहिर निकाल्न मृगौलाको महत्त्वपूर्ण भूमिका हुन्छ । ३० वर्ष नपुग्दै किड्नीको कार्यक्षमतामा गिरावट आउन सक्छ । चिकित्सकहरुका अनुसार ३० वर्षको उमेरपछि मृगौलाले १०
प्रतिशतभन्दा बढी कार्यक्षमतामा ह्रास आउँछ । तर, मृगौलामा अझ बढी दबाब परे त्यसको दर अझै बढ्न सक्ने चिकित्सहरु बताउँछन् । खानपान तथा शारीरिक व्यायाममा ध्यान नदिने हो भने मृगौला ड्यामेज हुनेसम्मका समस्या देखिन्छ । तपाईं पनि मृगौला खराव भए वा नभएको पनि थाहा पाउन सक्नु हुन्छ । यदी यस्ता लक्षण देखिएमा आँखामुन्तिर सुनिनु, थकान महसुस गर्नु, स्वासप्रस्वासमा समस्या, राति बारम्बार पिसाव लाग्नु, भोक लाग्नु र पाचन क्षमता कम हुनु लक्षण हुन् । साथै मृगौला खराबी भएको बिरामीमा रगतको मात्रा पनि कम हुन्छ ।www.ratopati.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस