Sunday, October 26, 2014

आगलागीमा एकै परिवारका ४ सदस्यको मृत्यु

टोकियो: जापानको मध्य भागमा पर्ने इजहिकावा प्रान्तमा आइतबार एक चर्चमा आगलागी हुँदा एकै परिवारका चार सदस्यको मृत्यु भएको छ ।   सो घटनामा मृत्यु हुनेमा दुई बालकसहित चार रहेका छन् ।

उक्त घटनामा ज्यान गुमाउनेमा ३७ वर्षीया आयाको ताकाबुची र उनको चार र दुई  वर्षीय दुई छोराकालगायत ६४ वर्षीया आमा रहेका स्थानीय प्रहरीस्रोतले जानकारी दिएको छ ।

आगलागी भएको चर्च भवनबाट उद्धारकर्ताहरूले चारवटा शव निकालेको स्थानीय  प्रहरी प्रवक्ताले जानकारी दिएको छ । प्रहरी प्रवक्ताका अनुसार ताकाबुची र उनको आमा र दुई छोरासँग आगलागी सुरु भएदेखि नै सम्र्पक गर्न सकिरहेको थिएन ।
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस