Monday, October 27, 2014

आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ : नेपाल र अमेरिकाबीच खेल जारी

काठमाडौ, कार्तिक १० - मलेसियामा जारी आईसीसी वल्र्ड क्रिकेट लिग डिभिजन ३ मा नेपाल अहिले आफ्नो चौथो खेल अमेरिकाविरुद्ध खेल्दैछ । टस जितेको अमेरिकाले पहिले व्याटिङ राजेको छ । दुई खेलमा जित र एक हार व्यहोरोको नेपालसँग ४ अंक छ भने दुई हार र एक जित निकालेको अमेरिकासँग २ अंक छ ।

प्रतियोगिताको शीर्ष दुई टोली डिभिजन २ मा बढूवा हुनेछन् ।

नेपालले पहिलो खेल युगाण्डासँग २० रनले गुमाएको थियो । दोस्रो खेलमा नेपालले बर्मूडालाई ८ विकेट र तेस्रो खेलमा सिंगापुरलाई १९० को विशाल अन्तरले हरायो ।

तीन खेलमा जित निकालेको युगाण्डा समूह तालिकाको शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ ।http://www.ekantipur.com/

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस