Monday, November 10, 2014

युवतीले गरिन् मृत प्रेमीको शुक्रकिट संकलन

२५ वर्षका आफ्ना प्रेमीलाई अल्पायुमै गुमाउनुपर्ला भन्ने उनले सोँचेकी पनि थिइनन् । तर जिवनमा बज्रपात भयो, सपना भताभुंग भए । अब छिटै घरबार बसाउने र लालाबाला हुर्काउने उनीहरुको सपनाको संसार ध्वस्त भयो, जब २५ वर्षका क्यामरन रोबिनेटको मोटरसाइकल दुर्घटनामा ज्यान गयो । आफ्नी प्रेमीकालाई sukrakitभित्राउनका लागि एउटा राम्रो घर हेर्न भनि क्यालिफोर्निया गएका बेला मोटरसाइकल दुर्घटनामा परे क्यामरन । गम्भीर घाइते भएका उनको ३ दिनपछि मृत्यु भयो, अस्पतालमा । वास्तवमा क्यामरन बच्चा जन्माउन निकै आतूर थिए र आफुहरुको भविष्यमा जन्मने बच्चाका लागि भनेर फुटबलको जर्सी समेत किनिसकेका थिए । तर आफ्नो बच्चाको मुख हेर्ने र उसलाई किनिदिएको जर्सी लगाइदिने चाहना उनको पूरा भएन । सँगै जिउने सपना कहिल्यै पूरा नहुनेगरी तुहिएपनि आफ्ना प्रेमीको बुवा बन्ने सपनालाई भने पूरा गरेरै छाड्ने प्रण गरिन् २२ वर्षकी स्टेफेनी लुकासले । मृत्यु भैसकेका युवकलाई बुवा बनाउने कुरा कुनै जोक थिएन । त्यो सुन्दैमा असामान्य पनि लाग्थ्यो । तर सम्भव भने थियो । आखिर त्यो झिनो सम्भावनालाई यथार्थमा परिणत गराउनका लागि उनले ती मृत प्रेमीको सरीरबाट शुक्रकिट निकाल्न लगाएकी छिन् । सुन्दैमा निकै अनौठो लाग्ने यो घटना निकै हृदयविदारक पनि छ । अस्पतालमा आफ्नो प्रेमीलाई डाक्टरहरुले मृत घोषणा गरेसँगै लुकास निकै मर्माहत बनिन् । तर शोकलाई शक्तिमा परिणत गर्ने प्रण गरिन् तत्कालै । ‘उसको मृत्यु भए लगत्तै मैले उसबाट बच्चा जन्माउने बारे सोँचे तर मलाई थाहा थियो त्यसका लागि धेरै समय थिएन’, उनी भन्छिन् । मृतक क्यामरनको सरीरबाट उनको शुक्रकिट निकाल्ने पद्धति निकै जटिल र महंगो पनि थियो, जसका लागि उनीसँग पैसा थिएन । उनलाई जुक्ति फुर्यो । उनले गो फण्ड मी www.gofundme.com नामक अनलाइन पेज सिर्जना गरिन् र त्यसमार्फत आफ्नो सबै कुरा बताउँदै आर्थिक सहयोग माग गरिन् । साँच्चीकै जादू नै भयो, एक दिनमा उनलाई ११ हजार डलर आर्थिक सहयोग प्राप्त भयो । कति दानीले त २ हजार डलरसम्म सहयोग गरे । पैसा त जम्मा भयो, तर क्यामरनको विर्य निकालेर बच्चा जन्माउने उनको सपनामा पूरा हुन दुवैतर्फका परिवारको स्विकृति पनि आवश्यक पथ्र्यो । क्यामरन र लुकास दुवैका आमाहरु त्यसबेला बाहिर थिए, उनले दुबै आमाहरुसँग खास कुरा बताउँदा उनीहरुले स्विकार गरे । अन्ततः डाक्टरहरुले क्यामरनको सरीरबाट शुक्रकिट निकाल्न सफल भए र अब त्यसलाई एक वर्षसम्म प्रयोगशालाको बरफमै राखिनेछ । भविष्यमा उक्त शुक्रकिटलाई कृत्रिम गर्भाधान मार्फत आफ्नो गर्भाशयमा पठाएर मृतक प्रेमीको गर्भ बोक्ने योजना लुकासको छ । तर गर्भाधान कहिले गर्ने भन्ने निधो भने उनले गरिसकेकी छैनिन् । ‘मलाई भविष्यको उपहार प्राप्त भएको छ, सायद क्यामरनले हामीहरुलाई आकाशबाट हेरिरहेका हुनेछन् । तपाइँहरुको सहयोगका लागि धन्यवाद, यो सर्वस्व हो’ उनले भनेकी छिन् । - See more at: http://www.onlinekhabar.com/2014/11/204874/#sthash.8llBTqck.dpuf

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस