Monday, November 10, 2014

आर्यन ‘नाईकेे’, एक्सनमा जम्ने तयारी


दर्शकले सधै नै लभस्टोरी चलचित्रमा देखिएको भन्दै आलोचना गर्न थालेपछि नायक आर्यन सिग्देल आफ्नो भूमिका परिवर्तन गर्न लागिपरेका छन् । आर्यनले पछिल्ला केही चलचित्रमा प्रेम भन्दा एक्सनलाई रोजेका छन् ।
उनले अभिनय गरेको चलचित्र ‘नाईके’ मंसिर १९ गतेबाट प्रदर्शनमा आउँदैछ । यो चलचित्रमा आर्यनले गरेको एक्सन भूमिकाको अहिले चर्चा भैरहेको छ । ‘नोभेम्बर रेन’ र ‘लज्जा’को सफलतापछि आर्यनको यो चलचित्र प्रदर्शन हुन लागेको हो । यो चलचित्रले पनि आर्यनको लोकपि्रयतालाई अझ बढाउने आशा धेरैको छ ।
जगदिश खनाल, नारायण खनाल, आनन्द क्षेत्री र संगीताको लगानी रहेको चलचित्रलाई नेत्र गुरुङले निर्देशन गरेका हुन् । चलचित्रमा आर्यनका अलवा नव-कलाकार सुबि्रना कार्कीको अभिनय छ ।
आर्यनको नयाँ गेटअपले सफलता पाउन ‘नाईके’ले पनि राम्रो व्यापार गर्नुपर्ने हुन्छ ।

: http://www.onlinekhabar.com/2014/11/204946/#sthash.4h5wxr7o.dpuf भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस