Thursday, November 27, 2014

प्रियंकाको सम्पत्तीमा देह व्यापार

हालै मात्र मुम्बई प्रहरीले एक ‘स्पा’मा छापा मारेर देह व्यापारमा संलग्न केही महिलाहरुलाई पक्राउ गरेको छ । बलिउड नायिका प्रियंका चोपडा उक्त घरकी मालिक्नी रहेको खुल्न आएको छ ।
भारतको चर्चित पत्रिका ‘मिड डे’ ले यो कुराको खुलासा गरेको छ । देह व्यापार संचालन भैरहेको कोठाको नजिकै प्रियंकाको आमाको क्लिनिक पनि रहेको बताइन्छ । प्रहरीले देह व्यापारको आशंकामा उक्त कोठामा छापा मारेको हो । ‘करिश्मा स्पा एन्ड ब्यूटी सेन्टर’मा देह व्यापारको आशंका गर्दै प्रहरीले आफ्ना मानिसहरुलाई सुराकीको लागि पठाएको थियो । यो स्पाकी मालिक्नी सोनु अहिले फरार छिन् । सोनु पक्राउ परेपछि मात्र प्रियंका र उनीविच कस्तो खालको संझौता भएको थियो भन्ने खुल्ने प्रहरीको भनाई छ । यस बिषयमा नायिका चोपडाको कुनै भनाई सार्वजनिक भएको छैन । www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस