Thursday, November 27, 2014

धुलिखेल पुगेर एक अर्कासँग बोले मोदी र शरिफ

११ मङ्सिर, काठमाडौं । सार्क सम्मेलनका क्रममा रिट्रिट अन्तर्गत धुलिखेलमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफबीच अनौपचारिक भेटवार्ता भएको छ ।
७ राष्ट्रका राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँगै रहेको समयमा मोदी र शरिफबीच कुनै औपचारिक वार्ता नभएपनि सामान्य अनौपचारिक कुराकानी मात्र भएको बताइएको छ । बुधबार सार्क सम्मेलनको उद्घाटनशत्रमा दुई छिमेकी देशका सरकारप्रमुखबीच देखिएको दुश्मनीपूर्ण ब्यवहारले निक्कै चर्चा पाएको थियो । एउटै मन्चमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले एक अर्कालाई हेरेका थिएनन् । nepaliheadlines.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस