Thursday, November 13, 2014

कट्रिनाका लागि घर छाड्दिनः रणबीर

मुम्बई । अभिनेता रणबीर कपुरले कट्रिना कैफको कारण घर छोड्न लागेको भन्ने खबरको खण्डन गरेका छन् । केही समयअघि मात्रै रणबीरले पुख्र्यौली घर छाडेर नयाँ घरमा बस्न लागेको सार्वजनिक भएको थियो । ‘मैले घर छाड्ने भन्ने कुरा पुरै गलत हो, त्यस्तो कुनै योजना छैन ।’ रणबीरले एजेन्सीसँग कुरा गर्दै भनेका छन् । अहिले आफ्नो पुख्यौली घरमा मर्मत सम्भारको काम भइरहेको बताउँदै रणबीर क्याटरिनासँगैको सम्बन्धको विषयमा भने खुल्न चाहेनन् । एक विज्ञापनको सुटिङका लागि नयाँ दिल्ली पुगेको बेला संवाददातासँग कुरा गर्दै रणबीरले भने ‘एउटा पुरुष आफ्नो घर छाडेर वर्षौ बाहिर बस्न सक्छ । तर, श्रीमतीकै घरमा जीवन बिताउने सपना कहिल्यै पाल्दैन । ३२ वषिर्य रणबीर र ३१ वषिर्य कटि्रनाविच बिबाह हुन सक्ने हल्ला ब्यापक छ ।
 http://www.onlinekhabar.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस