Thursday, November 13, 2014

मासुदेखि एलर्जिक बनाउन किर्ना जसको टोकाईले तपाईं शाहकारी बन्नुहुन्छ


Lone-Star-tick-550x411
           लोन स्टार नामक किर्ना (प्यारासाइटिक किरा) देख्दा निकै सानो हुन्छ, तर यो यति शक्तिशाली छ कि यसले एक पटक टोक्यो भने मानिसलाई रातो मासु छाड्न बाध्य बनाउन सक्छ ।
उक्त किरोको वैज्ञानिक नामक एम्ब्लाइयोमा एमेरिकानम हो र यसले विभिन्न प्रकारका रोगहरु बोक्ने गर्छ । तर, सबैभन्दा रोचक कुरा भनेका यसले मानिसलाई मासुदेखि एलर्जिक बनाउन सक्छ । यसको कारण भनेको तिनीहरुमा पाइने अल्फा गाल (ग्लाक्टोज अल्फा–१, ३– ग्लाक्टोज) नामक तत्व हो । अल्फा गाल एक प्रकारको कार्बोहाइड्रेट हो जुन गैर प्राइमेट स्तनधारीहरुमा पाइनेगर्छ । अहिले हाम्रो शरीरमा अल्फा गाल नपाइए पनि सामान्य अवस्था कुनै खानामा यो तत्व रहेको छ भने हामीले त्यसलाई कुनै समस्या बिनानै पचाउन सक्छौं ।


तर, जब यो तत्व लोन स्टारले टोकेपछि हाम्रो रगतमा पुग्छ, त्यसपछि भने स्थिति फरक हुन पुग्छ । हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले त्यसलाई बाहिरी तत्व भनेर पहिचान गर्छ र शरीरलाई त्यसबाट बचाउनका लागि एन्टीबडिजहरु उत्पादन गर्छ । यी एन्टीबडिजहरु हाम्रो शरीरमा रहिरहेका हुन्छन् । त्यही भएर अर्को पटक अल्फा गाल भएको मासु खायौं भने शरीरमा भयानक एलर्जी हुन्छ ।
कस्तो प्रकारको एलर्जी वा कति खतरनाक हुने कुरा भने व्यक्ति अनुसार फरक हुन सक्छ । रातो मासु भएका राँगा, सुंगुर आदिको मासुमा अल्फा गाल पाइने हुँदा त्यस्ता मासु खाँदा मानिसको शरीर जलेको जस्तो हुने वा सास फेर्न नसक्ने हुने गरेको पाइएको छ । यदी स्थिति खराब भयो मानिसको मृत्यु समेत हुने बताइएको छ । कहिलेकाँही यस्तो एजर्लीको प्रभाव ८ घण्टापछि पनि प्रकट हुने हुँदा कतिपय अवस्था के कारणले एलर्जी भयो भन्न पनि गाह्रो हुन्छ ।
यसको उपचार हालसम्म पनि पत्ता लागेको छैन । त्यही भएर एकपटक यस किर्नाबाट संक्रमित भएपछि मानिसले जीवनभर रातो मासु छाड्नु बाहेक अन्य कुनै उपाय छैन ।
यद्यपि खुसीको कुरा के छ भने माछा र अण्डामा भने अल्फा जेल पाइँदैन त्यही भएर उनीहरुले यसलाई पनि निर्धक्क रुपमा खान सक्छन् ।
यस्तो घटना पहिलो पटक ७ वर्षअघि अस्ट्रेलियामा भएको थियो । अहिले अमेरिकाको पूर्वी भागमा देखापरिरहेको छ ।

/www.ratopati.comf भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस