Tuesday, November 4, 2014

सलमान-ऐश्‍वर्या सम्झाउँदै सन्‍नी

मुम्बई : एकपछि अर्को गर्दै बलिउडमा आफ्नो पहिचान स्थापित गरेकी पोर्न स्टार सन्नी लियोनका कारण अहिले सलमान खान र ऐश्वर्या रायको प्रेमसम्बन्धको चर्चा हुन थालेको छ। सन्‍नीले आफ्नो नयाँ चलचित्र 'लीला' मा 'ढोली तारो ढोल बाजे' बोलका गीतमा नृत्य गर्ने भएकी छन्। उनी अहिले यो गीतको रिहर्सलमा व्यस्त रहेको बताइएको छ।

यो गीत सलमान खान र ऐश्वर्या राय अभिनीत चर्चित चलचित्र 'हम दिल दे चुके सनम'को हो। जसलाई चलचित्र 'लीला'मा समेटिने भएपछि सलमान र ऐश्वर्याको सेलाएको प्रेमप्रसंग पुन: चर्चामा आएको हो। तर यो गीत लीला चलचित्रका लागि पुन: रेकर्ड गर्नुका साथै संगीतमा पनि केही परिवर्तन गरिएको बताइएको छ। गीतमा सन्नीले परम्परागत पहिरन लगाउने भएकी छन्।

'हम दिल दे चुके सनम'मा सलमान र ऐश्वर्याका लागि वैभवी मर्चेन्ट, सामी र अर्स तन्नाले कोरियोग्राफी गरेका थिए। उनीहरूले त्यसबेला उक्त कोरियोग्राफीबाट राष्ट्रिय पुरस्कारसमेत पाएका थिए। सन्नीका लागि भने अहमद खानको कोरियोग्राफी रहने भएको छ। एजेन्सी
annapurnapost.com

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस