Wednesday, November 12, 2014

बालिकालाई छाडेर आफूसँग सेक्स गर्न गायिकाले गरिन् आग्रह

एजेन्सी । यतीबेला नाइजेरीयामा जारी आन्तरिक गृहयुद्ध विश्वकै टाउको दुखाईको विषय बनेको छ । अझ समस्या त, स्कुले छात्राहरुको अपहरण र उनीहरुलाई यौन कार्यमा जवरजस्ती लागाईंदा भएको छ ।
बोकोहरामले छात्र पढ् विद्यालयमा बम विष्फोट गर्नेर छात्राहरु पढ्नेविद्यालयबाट अपहरण गरि कट्टर मुस्लिम समुदायमा जबरजस्ती विवाहको नाटक गरी यौन धन्दामा लगाउने काम गर्दै आइरहेका छन् । तर, त्यहाँको सरकारले यो कार्यरोक्न सकिरहेको छैन ।
सत्ता र शक्तिको व्यापक प्रयोग गर्दा त नाइजेरीयाली सरकारले रोक्न नसकेको बालिका अपहरण रोक्न एक गायिकाले पहल थालेकी छन् । गत जुलाईमा जस्तै नोभेम्बरको पहिलो हप्तामा पनि हलिउडकी २३ वर्षीय पप गायिका अडोकिएले बोकोहराम उग्रबादीहरुले कब्जामा लिएका २ सय ७५ छात्राहरुलाई रिहाईका लागि आफुसँग यौन सम्पर्क राख्न आह्वान गरेकी छन् ।
adokiye
उनको सर्त छ–उग्रवादीहरुसँग आफुले सेक्स गरे वापत उनीहरुलाई रिहाई गरिनुपर्ने छ । यदी सबै बालिका रिहाइ भए उग्रवादीहरुसँग आफुले आत्मसमर्पण गर्ने बताएकी छन् ।
बोकोहरामले अपहरण गरेका मध्ये अधिकांश बालिकाहरु १२ वर्ष भन्दा कम उमेरका छन् । उनले भनेकी छन्–‘अपहरणमा परेका छात्राहरु १२ देखि १५ वर्ष उमेर सम्मका मात्र छन् । म सँग अनुभव पनि छ की १० देखि १५ जना सम्मले शारीरिक सम्बन्ध राख्दा पनि मलाई केही फरक पर्दैन ।’
उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत् यस्तो आह्वान गरेकी हुन् । उनले आफ्नो रिहाइकालागि कुमारीत्व तोड्न पनि अपहरीत छात्राहरुलाई आग्रह गरेकी छन् । नाइजेरीयन मुलकी गायिकाको यो आह्वानको कतै आलोचना त कतै समर्थन भैरहेको छ ।
उनले यहि जुलाईमा पनि बोको हरामलाई आफुसँग शारीरिक सम्बन्ध राखेर छात्राहरुलाई छोड्न आग्रह गरेकी थिइन् । केही अघि मात्र बोकोहरामले अपहरित छात्राहरुलाई इस्लाम धर्ममा लगाइएको र कुरान पढिरहेको दृश्य सार्वजनिक गरेको थियो भने केहीलाई इस्लाम धर्म अनुसार विवाह गराइएको उस्को दाबी छ ।
हुनत यी गायिकाले यसअघि पनि यस्तै प्रस्ताव ल्याएकी थिइन् । त्यसबेला उनले आफ्नी आमालाई विमान उपहार दिनेसँग कुमारीत्व तोड्ने बताएकी थिइन् ।
http://www.nepalsandesh.com/2014/11/12/109515#sthash.h96e9LLo.gAga04Ik.dpuf भिडियो तल छ

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस